धनकुटामा ३ सहित प्रदेश १ मा आज ४०१ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०१ जनामा कोरोना संक्रमण भएको छ । ६२० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा ८, धनकुटामा ३, इलाम र पाँचथरमा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा ६, पथरीशनिश्चरे र बेलबारीमा ४–४, बुढीगंगा, उर्लाबारी र कानेपोखरीमा ३–३, कटहरी, सुनबर्षी र लेटाङमा २–२, धनपालथान, केराबारी, रंगेली, ग्रामथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २४, धरानमा २०, इनरुवामा ४, बराहक्षेत्रमा ३, बर्जु, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २–२, दुहवी, देवानगञ्ज र रामधुनीमा १–१, झापाको भद्रपुरमा ८, दमकमा ७, शिवसताक्षीमा ५, गौरादहमा ४, विर्तामोड र कनकाईमा ३–३, मेचीनगर, अर्जुनधारा, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, हल्दिबारी र बुद्धशान्तिमा १–१, उदयपुरको त्रियुगामा ३, उदयपुरगढी र चौदण्डीगढीमा २–२, कटारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, पाँचथरको कुम्वायक र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २४२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृ त्यु भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।