नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको उपाधि अजम्वरी युवा क्लबलाई

धनकुटा । धनकुटाको सहिदभुमि गाँउपालिका नडा नं १ सफाईटार लामेचौरमा जारी नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको उपाधि अजम्वरी युवा क्लबले जितेको छ ।

मितेरी युवा क्लबको आयोजनामा माघ १६ गतेदेखि सञ्चालित फुटबल प्रतियोगिताको फाइनल खेल अन्तरगत अजम्वरी युवा क्लब र नाम्जे युवा क्लब बिच प्रतिस्पर्धा भएको थियो । अजम्वरी युवा क्लब फेदी सागुरीगढीले नाम्जे युवा क्लबलाई २ का विरुद्ध ३ गोल लगाउदै नौंव छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।

विजयी संगै अजम्वरी युवा क्लबले नगद १ लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउन सफल भएको छ । त्यस्तै खेलका उपविजेता नाम्जे युवा क्लबलाई पनि ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष गुर्दा खड्काले जानकारी दिनुभयो ।

त्यस्तै गरी खेल अबधीभर सर्वाधिक गोलकर्ता नाम्जे फुटवल क्लवका जर्सी न ८ सौरज राउत जम्मा ६ गोल लगाउदै सर्वाधिक गोलकर्ता घोषणा गर्दै नगद ४ हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै गरी अजम्वरी युवा क्लव जर्सी न २ कृष्ण राईलाई उत्कृष्ट खेलाडी घोषणा गर्दै नगद ४ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि संघिय प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राई , कार्यक्रमका विशेष अतिथि सहिदभुमि गाउपालिका अध्यक्ष मनोज राई क्लबका अध्यक्ष दुर्गा खड्का लगायत कार्यक्रमका अतिथिहरुले खेलाडिहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।