चौदण्डीगढीमा १५ सैय्याकाे नगर अस्पताल बन्ने

उदयपुर, २३ माघ/उदयपुरको चौदण्डीगढी नगरपालिकाले अत्याधुनिक सुबिधा सम्पन्न नगर अस्पताल निर्माण हुने भएको छ । चौदण्डीगढी नगरपालिका– ७ स्थित साकेला चोकमा अत्याधुनिक सुबिधासम्पन्न नगर अस्पताल भवनको परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार शिल्यान्यास गरेका हुन् ।

चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा करिब पाँच कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको हाे । याे अस्पताल साँढे तीन तले १५ सैय्याकाे हुनेछ । करिब १२ करोड ४३ लाख ७७ हजार पाँच सय ४२ रुपैयाँ ४७ पैसा भ्याटसहितको लागतमा निर्माण हुन लागेको हाे । नगर अस्पताल भवन फरक क्षमता-मैत्री हुने इन्जिनियर सन्तोष राईले जानकारी दिए ।

सुर्खेतमा पनि प्याराग्लाइडिङ
वीरेन्द्रनगर,२३ माघ (रासस) :सुर्खेतको आकाशमा प्याराग्लाइडिङ सुरु हुने भएको छ । आजदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१४ गढीदेखि वीरेन्द्रनगर–१ को देउती थानसम्म प्याराग्लाइडिङ गर्न लागिएको हो ।

आजदेखि वेलकम प्याराग्लाइडिङ प्रालि सुर्खेतले नियमित उडान सुरु गर्न लागेको छ । पोखराका प्याराग्लाइडिङ व्यवसायी सानुबाबु सुनुवार र प्रदेश उद्योग वाणिज्य महासङका अध्यक्ष पदमबहादुर शाहीको संयुक्त साझेदारीमा प्याराग्लाइडिङ सुरु गरिएको हो ।

विसं २०७० देखि चार पटक सुर्खेतको आकाशमा प्याराग्लाइडिङ गरिए पनि दक्ष जनशक्ति अभावका कारण रोकिएको शाहीले जानकारी दिनुभयो ।

“पहिला पनि सुर्खेतमा प्याराग्लाइडिङ सुरु गरेका थियौँ, दक्ष जनशक्तिको अभावमा रोकिएको थियो”, अध्यक्ष शाहीले भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङलाई निरन्तरता दिनेछौँ ।” आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्याराग्लाइडिङमा विशेष सहुलियतसहितको सेवालाई निरन्तरता दिन लागिएको उहाँको भनाइ थियो ।

निजी पर्यटन कम्पनीले बेलकमले टिकट बुकिङ खुला गरेको घोषणा गरेको छ । कर्णालीमा पर्यटन गतिविधि अगाडि बढाउन प्याराग्लाइडिङबाट गोठीकाँडादेखि वीरेन्द्रनगर भ्याली भ्रमणका लागि फोटो र भिडियोसहित रु चार हजार ५०० कायम गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।