धनकुटामा ३ सहित प्रदेश १ मा आज १३५ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २३ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १०५ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३५, मोरङमा ३३, सुनसरीमा १३, इलाममा ४, उदयपुर र धनकुटामा ३–३, पाँचथरमा २, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ८, विर्तामोड र कनकाईमा ५–५, बाहृदशी, भद्रपुर र झापा गाउँपालिकामा ३–३, अर्जुनधारा र गौरादहमा २–२, हल्दिबारी, गौरीगञ्ज, कमल गाउँपालिका र शिवसताक्षीमा १–१, मोरङको विराटनगरमा १०, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ६–६, उर्लाबारीमा ३, ग्रामथान र रतुवामाईमा २–२, कानेपोखरी, बेलबारी र बुढीगंगा र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ५, कोशी गाउँपालिकामा ३, रामधुनीमा २, इनरुवा, धरान र दुहवीमा १–१, इलामको माईमा २, देउमाई र चुलाचुलीमा १–१, उदयपुरको त्रियुगामा २, उदयपुरगढीमा १, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र पाख्रिबासमा १–१, पाँचथरको तुम्मेवा र मिक्लाजुङमा १–१, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ६३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २९४ महिला र ३४४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ९४३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।