धनकुटामा आज ३३ जना कोरोना संक्रमणमुक्त
धनकुटा । आज धनकुटामा ३३ जना कोरोना संक्रमण मुक्त भएको स्वाथ्य कार्यलय धनकुटाले जनाएको छ ।
उल्लेखित संख्याका संक्रमित कोरोना मुक्त भए सँगै जिल्लामा हाल सक्रिय संक्रमित संख्या ८३ जनामा झरेको छ । त्यस्तैगरि आज ८ जना संक्रमित थपिएका छन् ।
३ जनाको पिसिआर परिक्षण गर्दा २ जना र ६ जनाको एन्टिजेन परिक्षण गर्दा ४ जनाको नतिजा पोजिटिभ आएको कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
जिल्लामा हाल पोजिटिभिटी दर ५० प्रतिशतको हाराहारीमा रहेको छ ।


