धनकुटामा ३ सहित प्रदेश १ मा आज २०९ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७ जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटामा ३–३, इलाम, संखुवासभा र खोटाङमा २–२, पाँचथर, ताप्लेजुङ, तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३०, बेलबारीमा ८, उर्लाबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र बुढीगंगामा ५–५, ग्रामथानमा ३, सुनबर्षीमा २, मिक्लाजुङ, जहदा, कटहरी, कानेपोखरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ११, इटहरीमा ९, बराहक्षेत्रमा ४, गढीमा २, देवानगञ्ज र इनरुवामा १–१ र स्थानीय तह नखुलेका ३, झापाको दमकमा ८, हल्दिबारी र कनकाईमा ३–३, भद्रपुरमा २, बुद्धशान्ति, शिवसताक्षी, विर्तामोड, मेचीनगर, गौरादह, गौरीगञ्ज, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, उदयपुरको उदयपुरगढी, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, संखुवासभाको खाँदबारी र पाँचखपनमा १–१, खोटाङको दिप्रुङमा २, पाँचथरको फिदिम, ताप्लेजुङको श्रीजंगा र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८० महिला र २७८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृ त्यु भएको छ । सक्रिय संक्रमितको संख्या २ हजार ६३२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

‘पूर्वाधार विकास कार्यक्रम’मा अधिकार नपाएको गुनासो
कर्णाली, २४ माघ (रासस) :कर्णाली प्रदेशसभामा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेशसभा सदस्यले आफूहरुले अधिकार प्राप्त नगरेको गुनासो गरेका छन् ।

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको छैटौँ बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य मीनासिंह रखालले समानुपातिक प्रदेशसभा सदस्यहरुमाथि विभेद भएको बताउनुभयो । “पूर्वाधार विकास कार्यक्रम कार्यविधिले हामी समानुपातिक सदस्यमाथि विभेद गरेको छ”, उहाँले भन्नुभयो, “कार्यविधिले अहिलेसम्म प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यमार्फत बजेट कार्यान्वयन गर्ने व्यवस्था गरेको छ ।”

दैलेखबाट प्रत्यक्ष निर्वाचित दुई प्रदेशसभा सदस्यको क्षेत्र अहिले खाली रहेको जनाउँदै उहाँले त्यस क्षेत्रको पूर्वाधार विकास कार्यक्रमको बजेट आफूहरुमार्फत कार्यान्वयन हुने गरी कार्यविधि संशोधन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वाधार विकास कार्यक्रममा हामीलाई कुनै अधिकार छैन, जनताको मुखमा रित्तो जानुपर्नेछ, कार्यविधिले हामीलाई समेटेको छैन ।”

त्यस्तै विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यत्रय राजु नेपाली, पद्मा खड्का र बद्मीक्वारी बोहोराले महिलाका लागि ३३ प्रतिशत अधिकारको व्यवस्था भए पनि कर्णाली प्रदेश सरकारले महिला समेट्न नसकेको टिप्पणी गर्नुभयो । सदस्य नेपालीले कर्णाली प्रदेशमा दलितको २४ प्रतिशत जनसङ्ख्या रहेको उल्लेख गर्दै प्रदेश सरकारमा दलित र महिलाको सहभागिता शून्य हुनुले संविधानको खिल्ली उडाएको जनाउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।