धनकुटामा ३ सहित प्रदेश १ मा आज २७४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण भएको छ । ५९३ जनाको पीसीआर परीक्षण गर्दा १२८ र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, सुनसरीमा २९, झापामा २२, संखुवासभा र भोजपुरमा ४–४, धनकुटामा ३, पाँचथर, इलाम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २९, बेलबारीमा ५, बुढीगंगा, पथरीशनिश्चरे र जदहामा ४–४, रंगेली, ग्रामथान, उर्लाबारी र रतुवामाईमा २–२, केराबारी, सुन्दरहरैचा र मिक्लाजुङमा १–१, सुनसरीको इटहरीमा १३, धरानमा ६, रामधुनीमा ३, देवानगञ्ज, बराहक्षेत्र र दुहवीमा २–२ र स्थानीय तह नखुलेका १, झापाको विर्तामोडमा ७, अर्जुनधारा, कनकाई र भद्रपुरमा ३–३, दमकमा २, शिवसताक्षी, मेचीनगर, कमल र झापा गाउँपालिकामा १–१,संखुवासभाको खाँदबारीमा २, सभापोखरी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३ र स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा २ र छथरजोरपाटीमा १, पाँचथरको फाल्गुनन्द, इलामको चुलाचुली र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८९ महिला र १९२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ५ महिला र एक पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ३७३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।