प्रदेश १ मा आज २३० जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण भएको छ । ५२३ जनाको पीसीआर परीक्षण गर्दा १०४ र ६७० जनाको एन्टिजेन परीक्षण गर्दा १२६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा २६, सुनसरीमा २५, इलाममा ५, तेहृथुम, उदयपुर र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ९, सुन्दरहरैचा र बेलबारीमा ५–५, पथरीशनिश्चरेमा ३, रतुवामाई, रंगेली, लेटाङ, कानेपोखरी, उर्लाबारी, केराबारी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा ७, भद्रपुरमा ४, मेचीनगर र कमल गाउँपालिकामा ३–३, बाहृदशी र कनकाईमा २–२, अर्जुनधारा, गौरादह, दमक, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, सुनसरीको धरान र इटहरीमा ७–७, दुहवीमा ४, बराहक्षेत्रमा २, इनरुवा, रामधुनी, झोक्राहानरसिंह, गढी र कोशी गाउँपालिकामा १–१, इलामको फाकफोकथुममा २, इलाम नगरपालिका, चुलाचुली र मांसेबुङमा १–१, तेहृथुमको छथरमा २ र आठराईमा १, उदयपुरको उदयपुरगढीमा २ र त्रियुगामा १, संखुवासभाको पाँचखपन, चैनपुर र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७३ महिला र ७२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृ त्यु भएको छ । सक्रिय संक्रमितको संख्या २ हजार ३३० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।