मछिन्द्र र श्रीलंकाको ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा साझमा हुने

काठमाडौं, २७ माघ /एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लु स्टारबीचको खेल २२ चैतमा दशरथ रंगशालामा हुने भएको छ । जारी लिगको सातौं चरणमा लिग लिडरको रूपमा एएफसी कपको प्रारम्भिक चरणमा स्थान बनाएको मछिन्द्रले फिफा बरियताका आधारमा श्रीलंकाको सुपर लिग लिग च्याम्पियनलाई प्रतिस्पर्धाका लागि आतिथ्यता दिने भएको हो ।

एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिताको समय र स्थान तय गरेसँगै खेल दशरथ रंगशालालमा साँझ ५ बजे सुरु हुने भएको छ । मछिन्द्रले ब्लु स्टारलाई पराजित गर्न सफल भए दोस्रो चरणमा भारतको एटिके मोहन बगानसँग २९ चैतमा कोलकातामा प्रतिस्पर्धा गर्नेछ ।

सो खेल जितेको खण्डमा मछिन्द्र एएफसी कपको समूह ‘डी’ मा स्थान बनाउने छ । जुन समूहमा भारतको गोकुलम केरला, बंगलादेशको बसुन्धरा किङ्ग्स र माल्दिभ्सको माजिया स्पोर्टस छन् ।

यसअघि नेपालको लिग च्याम्पियनको हैसियतमा क्लबले एएफसी कपमा सहभागीता जनाउँदै आएपछि यस वर्ष समयमै लिग हुँन नसक्दा मछिन्द्र साँतौ चरणमा शीर्षस्थानमा रहँदै छनोट भएको हो ।

मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्दैछ । २०७६ सालको लिग च्याम्पियन भएपनि मछिन्द्र एएफसी क्लब लाईसेन्स नहुँदा प्रतियोगितामा भाग लिन पाएन र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले छनोटमा भाग लिएको थियो ।

यद्यपि, आर्मी दोस्रो चरणबाट अगाडि बढ्न सकेन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।