लामा टेन्डी स्मृति बास्केटबल हुने

काठमाडौं, २७ माघ । नेपाल बास्केटबल संघको आयोजनामा लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता २ फागुनबाट सुरु हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ १४ टिम तथा महिला तर्फ ५ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए ।

पुरुषतर्फ बंगलादेशको नेभी टिम पनि सहभागी हुने प्रबल सम्भावना रहेको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए । नेभी टिम २०२१ को क्लब च्याम्पियन टिम हो ।

पुरुषतर्फ सहभागीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ । महिलातर्फ राउन्ड रोविन लिग पद्धतिमा खेल हुनेछ । शीर्ष २ स्थानमा रहनेले उपाधिका लागि पुनः खेल्ने छन् ।

पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार तथा दोस्रोले २५ हजार नगद पुरस्कार पाउने छन् । दुवै समूहका सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

१२ फागुनसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।