धनकुटामा आज २० जना कोरोना संक्रमण मुक्त
धनकुटा । धनकुटामा आज २० जना कोरोना संक्रमण मुक्त भएका छन् । उल्लेखित संख्याका संक्रमित कोरोना मुक्त भए सँगै जिल्लामा हाल सक्रिय संक्रमित संख्या ४० जनामा झरेको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
कार्यालय प्रमुख तुलसी प्रसाद गुरागाईका अनुसार आज जिल्लामा ३ जनाको पिसिआर परिक्षण गरिएको छ । पिसिआर परिक्षण गरिएका तीनै जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभएको छ ।
केही दिन देखि परिक्षण पनि घट्दै गएको र पोजिटिभ दर पनि घट्दै गएको छ । निको हुने दर उल्लेख्य हुन गइ सक्रिय संक्रमितको संख्या कम भएको छ तर अझ स्वास्थ्य सतर्कताको आवश्यकता भने रहेको कार्यलयले जनाएको छ ।


