धनकुटामा ३ सहित प्रदेश १ मा आज १५६ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण भएको छ । ४२५ जनाको पीसीआर परीक्षण गर्दा ६५ र ५९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १३, झापामा १२, धनकुटामा ३, तेहृथुम र उदयपुरमा २–२, इलाम, ताप्लेजुङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ८, सुन्दरहरैचामा ४, बेलबारी र कानेपोखरीमा ३–३, रतुवामाई र रंगेलीमा १–१, सुनसरीको इटहरीमा ६, धरानमा ३, रामधुनी, दुहवी, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड र दमकमा २–२, भद्रपुर, बाहृदशी, हल्दिबारी, कनकाई, गौरीगञ्ज, बुद्धशान्ति, शिवसताक्षी र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिका, छथरजोरपाटी र पाख्रिबासमा १–१, तेहृथुमको फेदाप र आठराईमा १–१, उदयपुरको त्रियुगामा २, इलामको इलाम नगरपालिका, ताप्लेजुङको श्रीजंगा र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २८४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३५ महिला र १४९ पुरुष संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृ त्यु भएको छ । सक्रिय संक्रमितको संख्या १ हजार ९८६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।