क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यापारमा संलग्न भए कडा कारबाही गर्ने सीआईबीको चेतावनी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले क्रिप्टोकरेन्सी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानुनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारबाही हुने चेतावनी दिएको छ ।

ब्युरोले आइतबार एक सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिबन्ध भइसकेकाले ब्युरोबाट सूक्ष्म निगरानी भइरहेको तथा विगतमा संलग्न व्यक्तिउपर अनुसन्धान गरी कानुनी कारबाही समेत जारी रहेका सन्दर्भमा उक्त व्यवसाय सञ्चालन तथा कारोबार नगर्नरनगराउन अनुरोध गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपाल राष्ट्र बैंकमार्फत गएको माघ ९ गते क्रिप्टोकरेन्सीअन्तर्गतका अनलाइन कारोबार तथा डिजिटल नेटवर्किङ व्यापार गैरकानुनी रहेको स्पष्ट भइसकेको छ ।

यस्ता गैरकानुनी कार्य भइरहेको कुनै सूचना प्राप्त भएमा सूचना उपलब्ध गराउन समेत ब्युरोले नागरिकमा अनुरोध गरेको छ ।

उक्त कसुरमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ बमोजिम बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना तथा तीन वर्ष कैद वा दुवै सजायको व्यवस्था रहेको सीआईबीका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

बिगो कायम हुन नसकेका अवस्थामा कसुरको मात्रा हेरी बढीमा १० लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।