यूनियन र महासंघद्धरा दुःख व्यक्त
धनकुटा, नेपाल प्रेस यूनियन धनकुटा शाखाका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ धनकुटा शाखाका प्रदेश परिषद सदस्य सुमन गुराँगाईका पिता पूर्णप्रसाद गुराँगाईको ७४ बर्षको उमेरमा भएको निधन प्रति नेपाल प्रेस यूनियन धनकुटा शाखा र नेपाल पत्रकार महासंघ धनकुटा शाखाले दुख व्यक्त गरेका छन् । यूनियनका सचिव विकास घिमिरे र पत्रकार महासंघका सचिव हरीबहादुर लम्जेलले छुटा छटै विज्ञप्ती जारी गर्दै दुख व्यातm गरेका हुन् । गुराँगाईको आज आफ्नै निवासमा निधन भएको थियो । 


