धनकुटा कांग्रेसको पूर्ण बैठकले गर्यो यस्ता निर्णय…
धनकुटा । नेपाली कांग्रेसको जिल्ला कार्यसमितीको आज बसेको पूर्ण बैठकलेले जिल्ला कार्यसमितीमा २२ जना लाई मनोनित गरेको छ । त्यस्तै बैठकले २१ जना सल्लाकार समिती समेत गठन गरेको भने ४९ विभागका संयोजक समेत तोकेको नेपाली कांग्रेस धनकुटाका प्रचार विभाग प्रमुख एवम् प्रवतmा खगेन्द्र प्रसाद घिमिरेले जानकारी दिनु भयो । त्यस्तै स्थानिय तहको निर्वाचन लाई लक्षित गरे पालिका हेर्ने गरि नेताहरुको जिम्मेवारी समेत तोकेको छ । जस अनुसार महालक्ष्मी नगरपालिकाको लागि जिल्ला उपसभापती निर्मलप्रसाद ओझा, पाख्रिवास नगरपालिकाका लागि उपसभापती सुनिल ढंगोल, धनकुटा नगरपालिकाका लागि सचिव विजयसन्तोषी राई, साँगुरीगढी गाउँपालिकाका लागि सचिव जयन्द्र घिसिङ्ग लाई तोको छ ।
त्यस्तै चौविसे गाउँपालिकाका लागि सहसचिव गिरिजाप्रसाद दाहाल,छथरजोरपाटी गाउँपालिकाका लागि सहसचिव रोशन श्रेष्ठ लाई जिम्वेवारी दिएको छ भने शहिदभूमी गाउँपालिकाका लागि प्रचार विभाग प्रमुख खगेन्द्र प्रसाद घिमिरे लाई बैठकले जिम्मेवारी दिएको छ ।
त्यस्तै बैठकले महासमितको निर्वाचन यही फागुन ९ गते गर्नका लागि निर्वाचन समिती गठन गरेको छ । निर्वाचन समितीमा संयोजक प्रध्यापक रमेश श्रेष्ठ र सदस्यहरुमा शिक्षक भोला भट्टराई र नेपाल प्रेस यूनियन धनकुटा अध्यक्ष हिमा चेम्जोङ्ग जिम्वेवारी दिने बैठकले निणर्य गरेको प्रचार विभाग प्रमुख घिमिरेले जानकारी दिनु भयो । अन्य निर्णयहरु पत्रकार सम्मेलन गरि केहि दिनमा जानकारी दिएईने समेत उहाँको भनाई थियो ।


