पुष्पलाल स्मृती ब्याडमिन्टन उपाधि अनुमाया र प्रिन्सलाई

काठमाडौं, नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले ११औं पुष्पलाल स्मृती र्‍याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन् ।राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ बरियताबीच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्डहर्टका आधारमा जित हात पार्दै उपाधी उचालेकी हुन् ।

पहिलो सेटमा २१–१९ ले पछाडी परेकी रशिला दोश्रो सेटमा १०–४ को अवस्थामा खुट्टामा चोट बोक्न पुगेकी थिईन् । अनुमायाले नगद ५० हजार र उपबिजयी रशिलाले नगद २८ हजार प्राप्त गरिन् ।

महिला एकल तर्फ तृतीय स्थान प्राप्त गर्ने खेलाडी नङ्गशल देवी तामाङ्ग र अमिता गिरीले नगद १२ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यसका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिताको पुरुष एकल (उच्च १६ औं बरियता प्राप्त) मा बिश्व वरियतामा जुनियर तर्फ नम्बर १ रहेका प्रिन्सले सेनाका नविन श्रेष्ठलाई २१–१०, १८–२१, २१–१८ ले पराजित गर्दै उपाधी रक्षा गरेका हुन् । प्रिन्स अघिल्लो १० औं संस्करणका बिजेता समेत हुन् ।

बिजेता प्रिन्सले नगद ५० हजार प्राप्त गर्दा उपबिजेता नविनले नगद ३० हजार प्राप्त गरे । तृतीय स्थान हात पार्ने दिपेश धामीले नगद १४ हजार र प्रफुल महर्जनले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रफुलले लिगमा एक खेल हारेका कारण १ हजार ५ सय कम प्राप्त गरेका हुन् ।

महिला युगल तर्फको खेलमा सेनाका रशिला महर्जन र अमिता गिरीको जोडीले नम्बर एक भोजपुरकी नङ्गशल देवी तामाङ्ग र सेनाकी अनुमाराईलाई २१–१४, २८–२६ ले पराजित गर्दै उपाधी कब्जा गरे ।

यस्तै, पुरुष युगल तर्फ एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले जित हात पारे । उक्त जोडीले नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीलाई २३–२१, २१–१६ ले पराजित गर्दै उपाधी उचालेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।