रतुवा खोलामा पुल धमाधम बन्न थालेपछि चुलाचुलीबासी दंग

झापा, इलाम चुलाचुली-५ का मिलन विश्वकर्मा दमकमा काम गर्छन् । बर्खा होस् वा हिउँद घरबाटै धाएर उनी दमकमा काम गर्दै आएका छन् । हिउँदमा त सहजै काम गरेर घर फर्कन्छन् । तर, बर्खा लागेपछि बिहान काममा हिँडेका मिलनलाई साँझ घर फर्कन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता हुन्छ । कारण- रतुवा खोला।

‘दमक जानका लागि अनिवार्य रूपमा रतुवा खोला तर्नै पर्छ । फेरि यो खोलामा बार्खमा ह्वातै बाढी आउँछ,’ उनले भने, ‘बिहान खोला तरेर गइन्छ । तर, साँझ बाढी आइरहेको हुन्छ । बाध्यता छ । जोखिम मोलेर भए पनि नदी तर्ने गरेका छौँ ।’

तर, उनी अहिले उनी खुसी छन् । शिलान्यास भएको एक वर्षमा पुल निर्माणले गति लिएपछि अब बर्खामा बाढीसँग पैठेजोरी खेल्न पर्दैन भन्ने अपेक्षा छ, उनको । मिलन मात्र हैन चुलाचुली-५ बुकुवा क्षेत्रका अधिकांशको दैनिकी झापाको दमक बजारमा हुन्छ । तर, रतुवा खोलामा पुल नहुँदा स्थानीयलाई ठूलो समस्या थियो । पुल निर्माण सुरु भएपछि भने स्थानीय दंग छन् । ‘पुल त कति छिटो बनिरहेको छ । अब चाहिँ पुलको धेरै आस लागेको छ,’ स्थानीय खगेन्द्र राई भन्छन्, ‘अब चाहिँ हाम्रो दैनिकी सहज होला भन्ने अपेक्षा छ ।’ यो ठाउँमा मदन भण्डारी राजमार्गअन्तर्ग रतुवा खोलामा पुल निर्माणको धमाधम काम भइरहेको छ ।

कुनैबेला चुलाचुली ‘इलामले नदेखेको, झापाले नहेरेको’ भाष्यले परिचित थियो । तर, यो भाष्य क्रमशः परिवर्तन हुँदैछ । संघीयताले यो ठाउँका स्थानीयमा खुसी ल्याएको चुलाचुली गाउँपालिका कार्यपालिका सदस्य निर्मला रसाइली बताउँछिन् । ‘स्थानीय सरकार आउनु पहिला न यहाँ खाने पानी थियो । न त विजुली नै,’ उनी भन्छिन्, ‘अहिले विजुली आएको छ । खानेपानी आएको छ । रतुवा खोलामा पुल बन्दैछ । गाउँको मुहार नै परिवर्तन भएको हामीले महसुस गरेका छौँ ।’

चुरे क्षेत्रको यो गाउँमा विकास निर्माणका काम सुरु भएसँगै जग्गाको मूल्य पनि आकासिएको छ । यही गाउँ भएर मदन भण्डारी राजमार्ग निर्माण हुने चर्चा छ । यद्यपि रेखांकन विवादले यो क्षेत्रमा काम हुन सकेको छैन । तर, रतुवा खोलामा पुल निर्माणको काम धमाधम भइरहेकाले यहीँबाट सडक निर्माण हुनेमा स्थानीय ढुक्क छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।