खोटाङमा स्ववियु निर्वाचनको नमुना मतदान

खोटाङ, ९ फागुन । एमाले निकट अनेरास्ववियु खोटाङले स्ववियु निर्वाचनको नमुना मतदान गरेको छ । लामो समयदेखि हुन नसकेको स्ववियुको निर्वाचनका विषयमा विद्यार्थीको मत सर्वेक्षणका लागि अनेरास्ववियुले दिक्तेल बहुमुखी क्याम्पसमा सोमबार नमुना मतदान गरेको हो । नमूना मतदानमा २७८ मत खस्दा २१८ मत स्ववियु निर्वाचनको पक्षमा खसेको छ । यस्तै, स्ववियु निर्वाचनको विपक्षमा ४७ मत खसेको छ । १३ मत बदर भएको अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्रामले बताए ।

हरेक त्रिभुवन विश्व विद्यालयमा तत्काल स्ववियु निर्वाचन गर्नुपर्ने पक्षमा दबाब सिर्जना गर्नका लागि अनेरास्ववियुले नमुना मतदान गरेको हो । लामो समयदेखि त्रिवि र मातहतका क्याम्पसमा स्ववियु रिक्त हुँदा क्याम्पसमा स्वेच्छाचारिता बढेको, विद्यार्थी र क्याम्पसबीच पुलको काम गर्ने संयन्त्रको अभावमा विद्यार्थीले समस्या झेल्नु परेकाले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने अनेरास्ववियुका अध्यक्ष संग्रामले बताए ।

‘लामो समयदेखि स्ववियुको निर्वाचन हुन सकेको छैन । स्ववियु निर्वाचन नहुँदा क्याम्पस स्वेच्छाचारी बन्दै गएको छ । विद्यार्थी र क्याम्पसबीच पुलको अभाव छ । विद्यार्थीले थुप्रै अप्ठ्यारा खेप्नु परिरहेको छ । कतिपय विद्यार्थीलाई स्ववियुकाबारेमा जानकारी नै छैन,’ अध्यक्ष संग्रामले भने, ‘स्ववियु निर्वाचन नभएका कारण ग्रामीण भेगका कति विद्यार्थीले अप्ठ्यारो खेपिरहेका रहेछन् ? कति विद्यार्थीले स्ववियु निर्वाचन चाहन्छन् भन्ने तथ्यांक निकालेर त्रिवि र अन्य निकायमा पठाउन मत सर्वेक्षण गरिएको हो ।’

बालिग मताधिकार प्राप्त विद्यार्थीलाई आसन्न स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन तथा स्ववियु निर्वाचनमा मत हाल्ने अभ्यासका रुपमा समेत नमुना मतदान आयोजना गरिएको अनेरास्ववियुले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।