धनकुटामा १ सहित प्रदेश १ मा आज ५५ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, ९ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना संक्रमण भएको छ । ३७० जनाको पीसीआर परीक्षण गर्दा ४० र ३४७ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षणका आधारमा मोरङमा १४, सुनसरीमा ९, झापामा ७, संखुवासभा, तेहृथुम, इलाममा २–२, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ६, रतुवामाईमा ३, बुढीगंगा, सुन्दरहरैचा, जहदा, बेलबारी र लेटाङमा १–१, सुनसरीको धरानमा ४, इटहरी, बर्जु, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १–१, झापाको मेचीनगरमा ३, भद्रपुर, हल्दिबारी, दमक र विर्तामोडमा १–१, संखुवासभाको पाँचखपन र धर्मदेवीमा १–१, तेहृथुमको फेदाप र छथरमा १–१, इलामको इलाम नगरपालिका र माईमा १–१, धनकुटाको चौवीसे र उदयपुरको चौदण्डीगढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४ महिला र ३१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृ त्यु भएको छ । सक्रिय संक्रमितको संख्या १ हजार १३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।