मन्त्री कार्कीद्वारा कारागारभित्र मानवअधिकार प्रवर्धनमा जोड

पाँचथर । प्रदेश नम्बर एक सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कारागारमा रहेका कैदीबन्दीको मानवअधिकार रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । सोमबार मन्त्रालयले पाँचथर कारागारमा आयोजना गरेको कारागारभित्र मानवअधिकार प्रवर्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

कारागारमा रहेका कैदीहरूले अनुशासन वहन गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँ घरघरमा श्रीमान् श्रीमतीको झगडा हुन्छ । दुई चार जना बसो भने पनि झगडा हुन्छ । तर यहाँ तपाईँहरू मिलेर बस्नुभएको छ ।’

उहाँले यहाँ बस्दा होस्टेल बसाइका रूपमा लिन आग्रह गर्नुभयो । कारागारका भौतिक संरचना निर्माणमा सरकारले आवश्यक सहयोग गर्ने बताउँदै उहाँले कैदीबन्दीलाई कानूनी परामर्श लिन समस्या भइरहेकोले निःशुल्क कानूनी परामर्श सेवा उपलब्ध गराउने उल्लेख गर्नुभयो ।

मन्त्री कार्कीले जिल्लामा रहेका सुरक्षा निकायका प्रतिनिधिसँग जिल्लाको सुरक्षा स्थितिका बारेमा जानकारी लिनुभएको छ । तीनै सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्न उहाँले निर्देशन दिनुभएको छ ।

यस्तै उहाँले पाँचथरको विकाशका लागि प्रदेश सरकार लागि परेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उहाँले जिल्लामा कांग्रेसको पकड बलियो बनाउँदै निर्वाचनमा विजयी गराउर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले गठबन्द्यनको सरकार छ । यहीँका अर्थमन्त्री पनि हुनुहुन्छ । हामीले विकाश निर्माणका निर्णय सरकारबाटै गर्ने गर्छौ ।’

मन्त्री कार्कीले जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्ट्रन्सेसर प्रदान गर्नुभएको छ । कन्सन्ट्रेटरले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।