प्रदेश १ को नामका विषयमा ठूला दलहरू आ-आफ्नै अडानमा

विराटनगर, १० फागुन । प्रदेश १ को नामाकरण सहमतिका आधारमा टुंगोमा पुर्‍याउने भनिए पनि दलहरू भने आ-आफ्नै अडानमा देखिएका छन् ।

प्रदेश १ को नामाकरणका विषयमा प्रदेश सरकारका स्वास्थ्यमन्त्री जयराम यादव गठित समितिले मंगलबार आयोजना गरेको सर्वदलीय छलफलमा दलहरूले प्रदेश नामाकरणका विषयमा ठोस कुरा भने राखेनन् । राजनीतिक दलका प्रदेशका शीर्षनेता सहभागी बैठकले सहमतिका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने उनीहरूकाे भनाइ थियाे ।

सर्वदलीय बैठकमा एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले गठबन्धनको तर्फबाट धारणा आएपछि बल्ल आफ्नो पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । उनले एमाले पेलेर जाने या ठेलेर जाने भएको भए दुई तिहाको सरकार भएका बेला प्रदेशको नाम टुंगोमा पुर्‍याउने बताए । ‘हामी उहिल्लै नाम राख्थ्याै,’ उनले भने ।

सरकारले साझा प्रस्ताव ल्याए त्यसमा छलफल गर्न एमाले तयार रहेको उनले बताए । न्यौपानेले अहिले एमालेको कसैसँग विमति नभएको र साझा रूपमा एमाले नामको विषयमा छलफल गर्न तयार रहेको बताए ।

नेपाली कांग्रेसका प्रदेश सभापति उद्धब थापाले नामाकरणको विषय सजिलो नभएको बताए । उनले नामको विषय आजै निर्णयमा पुग्न नसक्ने धारणा राखे । पहिचानको विपक्षमा कांग्रेस नभएको भन्दै उनले जे नाम राखे पनि यहाँ बस्नेले यो नाम मेरो पनि हो भन्ने हुनुपर्नेमा कांग्रेस रहेको बताए ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्बङले पहिचानका आधारमा प्रदेशको नामाकरण हुनुपर्नेमा आफ्नो दल रहेको बताए । उनले पहिचान पनि कुन भन्नेमा छलफल भइरहेको, तर अहिले नै पार्टी यही नाम हुनुपर्छ भन्नेमा स्पष्ट भइनसकेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।