धरानको जंगलमा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न मृ तककै श्रीमति सहित पक्राउ

सुनसरी, फाल्गुन १० । सुनसरीको धरान उपमहानगरपालिका-४ स्थित जंगलमा घाँटी र शरिर छुट्याईएको अवस्थामा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फाल्गुन ४ गते बेलुका ५ बजे उक्त स्थानमा जेब्रा झोलामा प्याक गरेर फालेको अबस्थामा टाउको र शरिरका बिभिन्न भागहरु छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो ।

टुक्रा टुक्रा अवस्थामा शव फेला परे संगै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान समुह र तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको थियो ।

शव पहिचान गर्ने क्रममा बाझो-१ घर भई हाल बिराटनगर महानगरपालिका-३ मा बसोबास गर्दै आएका ४३ बर्षीय दिनेश सिग्देलको रहेको खुल्न आएको हो । शवको पहिचान भएसंगै घटनामा संग्लग्न ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मृ तककै श्रीमती ३० बर्षीया अनिता के.सी. र बिराटनगर महानगरपालिका-०४ का २९ बर्षीय सरोज भण्डारी रहेका छन् । बैदेशिक रोजगारीमा गएर फर्केका सिग्देललाई श्रीमतीको योजनामा पौष २२ गते साँझ साँढे ५ बजेको समयमा सिग्देलकै घर कोठामा घाँटी थिची हत्या गरेको खुल्न आएको छ ।

दुबै जना मिलेर हत्या गरे पश्चात पौष २३ गते ग्लेन्डर मेशीन र खुकुरी समेतको प्रयोग गरी शवलाई टुक्रा टुक्रा पारी टेम्पो रिजर्व गरेर हाल शव फेला परेको स्थानमा लगेर फालेको खुल्न आएको हो । यसरी श्रीमतीकै मिलेमतोमा हत्या भएको खुल्न आएसंगै दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।