सुनसरीमा ट्रकको ठ’क्करबाट साइकल यात्रीको मृ’त्यु
इनरुवा, ११ फागुन । सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठ क्करबाट साइकलयात्रीको मृ त्यु भएको छ । मृ त्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् ।
प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठ क्कर दिएका थियो । ग म्भीर घा इते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृ त्यु भएको कार्कीले जानकारी दिनुभयो । ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)
पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने
काठमाडाैं, ११ फागुन/आज बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही क्षेत्रमा वर्षा भएकाे छ । पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकका बाँकी पहाडी भूभागमा बदली रहेको छ ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । बाँकी प्रदेशका पहाडी भूगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको आँकलन गरिएकाे छ ।
राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ ।
बिहीबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सूदूरपश्चिम,कर्णाली र प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


