अस्पतालको घडेरी सम्याउँदा स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त

खोटाङ, ११ फागुन । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा अस्पताल बनाउन घडेरी सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त बनेको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार १५ शय्याको अस्पताल बनाउनका लागि घडेरी सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको हो ।

नजिकै अस्पतालका लागि घडेरी बनाउने क्रममा भवनको जग भत्किएपछि प्राथमिक स्वास्थ्य केन्द्रको तीन कोठे भवन कामै नलाग्ने अवस्थामा पुगेको छ । भर्ना भएका बिरामी राख्नका लागि बनाइएको सो भवनको पर्खाल र पेटी भत्किएपछि भवनमुनि भ्वाङ परेको चिसापानीका कार्यबाहक वडाध्यक्ष धनबहादुर राईले बताए ।

स्वास्थ्य केन्द्रको भवनको तीनमध्ये दुई कोठा भासिएको छ । सो भवनलाई हाल पुरानो सामान राख्न, कोभिड-१९ बाट संक्रमित स्वास्थ्यकर्मी राख्ने क्वारेन्टिन लगायतमा उपयोग गरिँदै आइएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।