वडाध्यक्षले चलाएको मोटरसाइकलकाे ठक्करबाट एकजनाकाे मृ’त्यु
उदयपुर, १२ फागुन । उदयपुरको त्रियुगा नगरपालिका-६ का वडाध्यक्ष निर्मलकुमार चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिदा एकजनाको मृ’त्यु भएको छ ।
बिहीबार राति साढे ९ बजेतिर गाईघाटबाट घर जाने क्रममा चाैधरीले चलाएकाे माेटरसाइकलले त्रियुगा नगरपालिका- ५ कुमारी चोकका ५० वर्षीय रामचन्द्र चौधरीलाई ठक्कर दिएकाे हाे । उनको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगा नगरपालिकाले उपलब्ध गराएको होन्डा कम्पनीको सिबी युनिकर्न सरकारी नम्बर प्लेटका मोटरसाइकल स१ब ८९७ नम्बरको मोटरसाइकलले ठक्कर दिएकाे हाे । वडाध्यक्ष चौधरीले चलाएका मोटरसाइकलको ठक्करबाट मृ’तक चौधरी सडकबाट एक सय मिटर तल उछिटिएका थिए ।
मोटरसाइकल सडक किरानाको विद्युतको पोलसमेत क्ष’तिग्रस्त बनाएको छ । दुर्घटनामा वडाध्यक्ष चौधरीसमेत ग’म्भीर घा’इते भएका छन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ ।
मृ’तक चौधरीको सडक किनारामा घर भएकाले राति पिसाब फेर्न बाहिर निस्कने क्रममा दु’र्घटना भएको जनाएका छन् । मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै गाईघाट कदमा खण्डको सडक बिहान तीन घन्टा अवरुद्ध बनाएका थिए ।
बिहान ७ देखि १० बजेसम्म सडक अवरुद्ध हुँदा गाईघाटबाट बाहिर जाने सवारीसाधन सबै रोकिएको थियो । सडक अवरुद्धपछि सर्वपक्षीय छलफलले मृतकलाई कानुनबमोजिम क्षतिपूर्ति दिने र परिवारका सदस्यलाई जागिर लगाइदिने सहमति भएपछि बाटो खुलेको छ । चौधरीको शव जिल्ला अस्पताल गाईघाटमा पोष्टमार्टमका लागि राखिएको छ ।


