इलामकाे फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट व्यावसायिक उडान सुरु

इलाम, १२ फागुन । हालै निर्माण सम्पन्न भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको छ । बुधवारदेखि तारा एयरलाइन्सको जहाजले व्यावसायिक उडान सुरु गरेको हो ।

साताको दुई दिन हवाई सेवा दिने गरी तारा एयरलाइन्सले व्यावसायिक उडान थालेको हो । हरेक आइतबार र बिहीबार काठमाडाैं-इलाम-काठमाडौँ उडान हुनेछ । व्यावसायिक उडानका लागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ ।

नगरपालिका र एयरलाइन्सका बीचमा भएको सम्झौताअनुसार आतेजाते ११-११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नुपर्नेछ । हवाई यात्राको लागि एकतर्फी भाडा नौ हजार रुपैयाँ कायम गरिएको छ । उडानका लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन र भूमिस्थ सेवाको व्यवस्था पनि नगरपालिकाले गर्ने भएको छ । नगरपालिका र तारा एयरलाइन्सका बीचमा तीन महिनाको लागि यस्तो सम्झौता भएको हो ।

इलामबाट नियमित हवाई उडानका लागि नगरपालिकाले सहुलियत दिने भएको छ । हवाई यात्राको एकातर्फी टिकट गर्दा नगरपालिकाले ‘टु वे टिकट’को व्यवस्था गरिदिने भएको हो । यस्तो सहुलियत इलाम नगरपालिका क्षेत्रका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बेपारी र खेलाडीले प्राप्त गर्ने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

व्यावसायिक उडान सुरु भएपछि यसलाई नियमित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । होटेल एसोसिएसन इलामको अध्यक्ष देवी पौडेलले विमानस्थलबाट नियमित उडानका लागि भारतको दार्जिलिङ, सिक्किममा प्रचार गर्नुपर्ने बताए । ‘भारतको सिक्किम दार्जिलिङमा विज्ञापन गर्ने हो भने नियमित उडानमा सहयोग पुग्छ’, पौडेलले भने,‘हिउँदको समयमा तराईमा हुस्सुको कारण नियमित उडान हुँदैन, यहाँ नियमित उडान हुने हो भने यो विमानस्थलबाट यात्रा गर्नेको संख्या बढ्छ ।’

तारा एयरलाइन्सका मुख्य कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले इलाममा पर्यटनको असंख्य सम्भावना रहेकाले नियमित उडानको सम्भावना रहेको बताए । ‘यहाँहरूमा देखिएको उत्साहले हामीलाई नियमित उडानको लागि प्रतिबद्ध बनाएको छ’, उनले भने, ‘स्थानीयको सहयोग भयो भने नियमित उडान हुन सक्छ ।’

नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुरका अध्यक्ष अच्युत गुरगाईंले इलाममा नियमित उडान सुरु हुँदा नयाँ गन्तव्यको ढोका खुलेको प्रतिक्रिया दिए । ‘नयाँ डेस्टिनेसन खुल्दा बढी प्रोफिट हुन्छ’, उनले थपे, ‘अब इलाममा नेपाली मात्रै होइन विदेशी पर्यटक ल्याउन पनि सजिलो हुन्छ ।’ ट्रेकिङ एजेन्सी अफ नेपालका अध्यक्ष खुम सुवेदीले इलामको हवाई यात्राले पर्वतारोही र यस क्षेत्रमा ट्रेकिङ गर्न चाहाने पर्यटकलाई सहज हुने बताए । ‘सहकार्य गरौँ यहाँको पर्यटकीय गन्तव्यलाई हामी बेच्न सघाउँछौ’, उनले भने,‘विदेशी पर्यटक भित्र्याउन सकियो भने हाम्रो जिडिपीमा पनि सहयोग पुग्छ ।’

होटेल एसोसिएसनका नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले राम्रो प्याकेज बनाएर इलामको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । ‘राम्रो प्याकेज बनाएर इलामको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ’, शाहले भने,‘ टी टुरिजम यहाँको राम्रो सम्भावना भएको क्षेत्र हो ।’

नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले नियमित उडानका लागि इलामलाई हब बनाउनुपर्ने बताए । ‘इलामलाई हब बनाएर जान सकियो भने उडानलाई नियमित बनाउन सकिन्छ’, उनले भने ,‘यहाँको पर्यटनको विकासको लागि पर्यटकीय क्षेत्रबाट कनेक्टिभिटी फ्लाइट जोड्नुपर्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।