कुकुरको टोकाइबाट महिलाको मृ’त्यु भएपछि गाउँमा त्रास

खोटाङ, १२ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृ’त्यु भएपछि गाउँमा त्रास फैलिएको छ । रेबिजका कारण वृद्धाको मृ’त्यु भएपछि गाउँमा त्रास फैलिएको हो ।

काठमाडौंमा उपचारका क्रममा ६ फागुनमा बिरामीको मृ’त्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त सबैभन्दा बढी त्रसित छन् । वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीबाट डुल्दै आएको कुकुरले ५ माघमा दाहिने हातमा टोकेको थियो । कुकुरले टोकेको ७/८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामीलाई बचाउन नसकिएको आफन्त सोनाम राईले बताए ।

एन्टी रेबिज भ्याक्सिनको तीन वटै मात्रा पुरा गरे पनि टोकेको २०/२२ दिनपछि घाउमा अधिक दुखाई सुरु भएको थियो । टोकेको २८/२९ दिनतिर घाउ भएका दाहिने हात चल्नै छाडेपछि बिरामीलाई टिचिङ अस्पताल पुर्‍याइएको थियो । टिचिङले टेकुमा रेफर गरे लगत्तै बिरामीको मृ’त्यु भएको हो । कुकुरले टोक्ने बित्तिकै दिइनुपर्ने खोप नपाउँदा बिरामीको मृ’त्यु भएको अस्पतालले जवाफ दिएको राई बताउँछन् ।

‘कुकुरले टोक्ने बित्तिकै रोकथामका लागि छुट्टै खोप दिइनुपथ्र्यो रे । त्यही भएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामी निको नभएको अस्पतालले जवाफ दिएको छ,’ राईले भने, ‘कमसेकम जिल्ला अस्पतालले यत्ति जानकारी दिएको भए पनि बिरामीलाई बचाउन सकिन्थ्यो । आफन्त गुमाउन पर्दैनथ्यो भन्ने हाम्रो बुझाई छ ।’ जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकले भने बिरामीलाई ढिलोगरी अस्पताल पुर्‍याएकाले एन्टी रेबिज भ्याक्सिनले काम नगरेको हुनसक्ने बताए ।

२५ जनालाई एन्टी रेबिज भ्याक्सिन

मृ’तक वृद्धाको ‘क्लोज कन्ट्याक्ट’मा रहेका २५ जनालाई ११ फागुनमा एन्टी रेबिज भ्याक्सिनको पहिलो मात्रा दिइएको छ । हाललाई परिवार र नजिकका छरछिमेकलाई एन्टी रेबिज भ्याक्सिन दिइएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताए ।

बुइपा र राजापानीमा अझै पनि मृतकको सम्पर्कमा रहेका आफन्तहरू खोपबाट छुटेको हुनसक्ने स्थानीय बताउँछन् । रेबिजको आ’तंक फैलिएको ठाउँमा तत्काल खोप व्यवस्थापनमा स्थानीय सरकार र जिल्ला अस्पतालले बेवास्ता गरेको युवा नेता निसन राईले दाबी गरे ।

जन्तेढुंगामा कुकुरको बिगबिगी

खोटाङको जन्तेढुंगा गाउँपालिकामा सामुदायिक कुकुरको बिगबिगी फैलिएको छ । बाँदर, स्याल धपाउनका लागि पालिएका कुकुर बजार तथा अन्यत्र छाडिँदा सामुदायिक कुकुरको बिगबिगी फैलिएको हो । केही समयअघि बेवारिसे कुकुरको टोकाइबाट जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका कर्णबहादुर खत्रीको परिवारका ४ सदस्य घाइते भए भने एउटा भैँसी मरेको थियो ।

यस्तै, कुकुरले गोपाल नेपालीका ४ जना, रमेश तामाङका २ जना, उत्तरबहादुर खड्काका १ जना, गोविन्द विष्टका १ जना, अप्जसा खड्काको १ जना, कोपिला प्रधानको एक जना, मेहरमान दमाईको एक जना सदस्यलाई टोकेका थिए ।

यस्तै, गोपाल कट्वालको एउटा गाई, डाइश्वर कार्कीको एउटा बाख्रा, दलबहादुर तामाङको एउटा भैँसी, चन्द्र प्रधानको एउटा बाख्रा, मीनबहादुर प्रधानका एउटा गोरु, युवराज प्रधानको एउटा बाख्रालाई कुकुरले टोकेर घाइते बनाएको थियो । कुकुरको टोकाइबाट तुलसीराम कोइरालाको एउटा गाई मरेको थियो । कतिपय बराहपोखरी गाउँपालिकाका स्थानीयलाई समेत सामुदायिक कुकुरले टोकेर घाइते बनाएको थियो ।

सामुदायिक कुकुरको बिगबिगी बढिरहँदा घाइतेलाई आफ्नै पालिकामा एन्टी रेबिज भ्याक्सिनको व्यवस्थाका लागि स्थानीय सरकार अग्रसर हुनुपर्ने युवा नेता बाजिन्द्र विष्ट बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।