जागिरबाट हटाइएका कर्मचारी सम्मानित

खोटाङ, १३ फागुन ।२०४८ सालमा खोटाङमा भएको कर्मचारी आन्दोलनमा सहभागी हुँदा नोकरीबाट हटाइएका चार कर्मचारी सम्मानित भएका छन् ।

१५ साउन २०४८ मा नेपाल निजामती कर्मचारी संगठनले दिक्तेलमा सरकारविरुद्ध निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी भएवापत नोकरीबाट बर्खास्तीमा परेका नासु रामकाजी खत्री, चन्द्रप्रसाद आचार्य, रामबिक्रम थापा र चित्रकुमार बजिमय सम्मानित भएका हुन् ।

ऐतिहासिक कर्मचारी आन्दोलनमा सामेल भएर रोजीरोटी गुमाएका कर्मचारीलाई नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति खोटाङको ११औं जिल्ला अधिवेशन उद्घाटनको अवसरमा शुक्रबार सम्मान गरिएको हो ।

सम्मानित कर्मचारीलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सहसंयोजक लेखनाथ कोइराला र प्रदेश १ की पूर्वसामाजिक विकासमन्त्री उषाकला राईले खादा ओढाएर सम्मानपत्रसहित सम्मान गरेका हुन् । संगठनको स्थापनाकालदेखि सक्रिय रही ऐतिहासिक कर्मचारी आन्दोलनमा सहभागी भएबापत नोकरी खोसिए पनि निरन्तर क्रियाशील रहेर संगठनको गरिमालाई उच्च बनाउन पुर्‍याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको संगठनका जिल्ला अध्यक्ष मोहनकुमार भट्टराईले बताए ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौताअनुसारको सेवा सुविधा नदिइएको बिरोधमा कर्मचारीको अगुवाइमा निस्किएको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले गोली चलाउँदा विद्यार्थी मनोज जोशीले ज्यान गुमाएका थिए । जोशीको हत्या भएको घटनालाई जिल्लामा शहीद ‘मनोज हत्याकाण्ड’ का रुपमा चिन्ने गरिन्छ । सरकारविरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहर जागिरबाट हटाइएका थिए ।

यस्तै, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल खोटाङले स्वास्थ्य सेवाको क्षेत्रमा लामो समयसम्म सेवा गरेका रेवतीप्रसाद पाण्डे र पर्शुराम आचार्यलाई सम्मान गरेको छ । दोस्राे जिल्ला अधिवेशन उद्घाटनको अवसरमा पाण्डे र आचार्यलाई सम्मान गरिएको हो । आचार्यलाई मृत्यु पर्यन्त सम्मान गरिएको राष्ट्रिय स्वास्थ्यकर्मी संघले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।