तेह्रथुमका दुई प्रहरी चौकीलाई नयाँ भवन

तेह्रथुम, १५ फागुन । बर्षाैं देखि कच्ची भवनबाटै सेवा दिँदै आएका तेह्रथुमका दुई वटा प्रहरी चौकीले नयाँ भवन पाएका छन् । म्याङलुङ नगरपालिकास्थित जिरीखिम्ती प्रहरीचौकी र फेदाप गाउँपालिकामा रहेको ओयाक्जुङ प्रहरी चौकीले नयाँ भवनबाट सेवा दिन थालेका हुन् ।

भवन निर्माणमा प्रदेश १ आर्थिक मामिला तथा मन्त्रालयकाे आर्थिक सहयोग रहेकाे जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक निशान थापाले बताए ।

भवन निर्माण सम्पन्न प्रश्चात प्रदेश १ प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसीले उद्घाटन गरेका छन् ।

जिरीखिम्तीमा रहेको प्रहरी चौकी प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट एक करोड २५ लाख ५२ हजार ९४ रुपैयाँ लागतमा निर्माण भएको हो । यस्तै, फेदाप गाउँपालिकाको ओयाक्जुङमा रहेको प्रहरीचौकी एक करोड २८ लाख ८० हजार आठ सय ६३ रुपैयाँमा निमार्ण पूरा भएको हो ।

जिल्लामा जिल्ला प्रहरी कार्यालयका साथै दुई वटा इलाका प्रहरी कार्यालय अस्थाई प्रहरीसहित १४ वटा चौही र एक सामुदायिक प्रहरी सेवा केन्द्र छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖