रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार

पोखरा, १५ फागुन । नेकपा एमालेका तत्कालीन नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । रवीन्द्र स्मृति प्रतिष्ठानले विकासका क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान स्वरुप दिने गरी पुरस्कार स्थापना गर्न लागेको हो ।

शनिबार आयाेजित कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा रवीन्द्रपत्नी विद्या भट्टराईले २५ लाखको अक्षयकोष राखेर पुरस्कार स्थापना गर्न लागेकाे बताइन ।

शनिबारनै रवीन्द्र अधिकारी र मिडिया विषयक अन्तरक्रिया समेत भएको थियाे । १५ फागुन २०७५ मा अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेकाे थियो ।

पुरस्कार हरेक वर्ष २२ वैशाखमा अधिकारीको जन्मदिनमा वितरण गरिने भट्टराईले बताइन् ।

शनिबारको कार्यक्रममा प्रतिनिधिसभा सांसद समेत रहेकी भट्टराईले अधिकारीमाथि लागेको भ्रष्टाचार आरोप प्रमाणीत गर्न चुनौती दिएकी छिन् । नेपाल वायु सेवा निगमले एयरबसको दुई वटा ‘वाइडबडी’ जहाज खरिद गरेका बेला चार अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिको रिपोर्ट छ । त्यसमा अधिकारी मन्त्री हुँदा दुई पटकसम्म रकम भुक्तानी दिएकोले उनलाई पनि भ्रष्टाचारसँग जोडेर प्रचार गरिएको छ ।

भट्टराईले वाईडबडी खरिद प्रकरणको छानबिन र अनुसन्धान गर्न आग्रह गर्दै अधिकारी दोषी देखिए त्यसको सजाय भोग्न आफू तयार रहेको बताएकी हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖