प्रदेशमा मन्त्रालय फुटाउँदा राज्यलाई अनावश्यक व्ययभार

खोटाङ, १५ फागुन । प्रदेश १ की सांसद उषाकला राईले प्रदेशको मन्त्रालय फुटाउँदा राज्यलाई अनावश्यक आर्थिक व्ययभार भएको बताएकी छन् । प्रदेशसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद राईले भागबन्डा मिलाउने नाममा मन्त्रालय फुटाउँदा गाडी, घोडा र तलब भत्तामा अनावश्यक खर्च भइरहेको भन्दै सरकारको आलोचना गरेकी हुन् ।

प्रदेशकै पूर्वसामाजिक विकास मन्त्री रहेकी राईले नागरिकको अत्यावश्यक कामको सन्दर्भमा सरकार मौन देखिएको भन्दै विरोध जनाएकी छन् । ‘हिजोको ७ मन्त्रालय फुटाएर १३ वटा मन्त्रालय बनाइएको छ । त्यसमा अरू पनि थप्ने चर्चा भइरहेको छ,’ राईले भनिन्, ‘जनताका लागि बाटो, पुल, खानेपानीको आवश्यकता छ । जनता खानेपानी नपाएर छट्पटाइरहेकाछन्, जनता सिँचाई नपुगेर बारी खेत बाँझो राख्नुपर्ने स्थितिमा छन् । शिक्षा, स्वास्थ्य र रोजगारको विषय त्यत्तिकै बिकराल छ । तर अत्यावश्यक कामको सन्दर्भमा सरकार मौन छ ।’

सांसद राईले एमसीसीको सन्दर्भमा गठबन्धनको औचित्यमाथि प्रश्न उठाएकी छन् । वर्तमान गठबन्धन राष्ट्र, राष्ट्रियता र जनताको हितको लागि नभई स्वार्थका लागि बनेको दाबी गरिन् । ‘यो गठबन्धनको औचित्य राष्ट्र, राष्ट्रियता र जनताको हितको लागि होइन, आफ्नो निहित स्वार्थ, सत्ता र कृत्रिम शक्तिको लागि आवश्यकता परेको हो ?,’ राईले प्रश्न गरिन्, ‘याद रहोस्, स्थायी र चिरस्थायी सत्ता र शक्ति भनेको जनता र राष्ट्र हो, त्यसका लागि लाग्नुस्, लागौं ।’

मूख्यामन्त्रीले सामान्य खर्चलाई जिरोमा झारेर भएको बजेटलाई तानतुन गरेर रकमान्तर गर्ने आदेश दिएको भन्दै सांसद राईले आपत्ति जनाएकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।