निजामति संगठनमा नेत्रबहादुर श्रेष्ठ

नारायण कुमार राई, धनकुटा । नेपाल निजामति संगठन छथरजोरपाटी गाउँ कमिटीको अध्यक्षमा पालिकाका प्रशासन प्रमुख नेत्रबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।

नेपाल निजामति संगठन धनकुटा जिल्ला समितिले १२ गते बिहिबार सम्पन्न गरेको पालिका स्तरीय प्रथम भेलाबाट अध्यक्षमा श्रेष्ठ सर्वसम्मत् चयन हुनुभएको हो ।

भेलाले श्रेष्ठको अध्यक्षमा ४ बर्षे कार्यकालका लागि १९ सदस्यीय नयां समिति र ७ सदस्यीय सल्लाहाकार समिति चयन गरेको छ । कार्यसमितिका पदाधिकारिहरुमा मिलन कार्की उपाध्यक्ष,शंकर प्रसाद ओझा सचिव,लिलम दाहाल सह–सचिव,एलिना निरौला कोषाध्यक्ष रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा अरुणा लिम्बू, सान्ताकुमारी मादेन, कौशल श्रेष्ठ, अभिनय श्रेष्ठ, प्रदिप ओझा, दारासिंह बिष्ट, रविन्द्र नेपाली, बिश्व लिम्बू,अप्सरा दाहाल, खुभराज ओली, अशोक राई, प्रबुद्ध यादव,बलबहादुर थापा लगाएत रहनुभएको छ ।

सल्लाहाकार समितिमा ईन्द्रबहादुर भण्डारी,पुष्पराज ओझा,सुन्दरमान डंगोल,शुसिला कार्की,अदिप श्रेष्ठ,तेजबहादुर मादेन र दिपक खड्का हुनुहुन्छ ।

कार्यक्रममा प्रमुख अतिथीका छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू,बिशेष अतिथीहरुमा पालिकाका उपाध्यक्ष भीमकला श्रेष्ठ, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य गोबिन्द खत्री नेकपा एमाले छथरजोरपाटी कमिटीका सचिव निलबहादुर थापा लगाएततले नबनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समितिका अध्यक्ष रामकृष्ण सुबेदीले निजामती कर्मचारी संगठनको देशव्यापी अभियान अन्तर्गत धनकुटाका सातै स्थानिय तहमा संगठन निर्माणको अभियानका क्रममा छथर जोरपाटी सहित पाख्रिवास नगरपालिका,महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिकामा नयां समिति गठन भएको जानकारी दिनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।