दृष्टिविहीन अमिटद्वारा पुनः सगरमाथा आरोहणको तयारी

बलेवा, १६ फागुन (रासस) ः
बागलुङका न्यून दृष्टि भएका अमिट केसीले आगामी चैतमा पुनः सगरमाथा आरोहण गर्ने हुनुभएको छ । एक वर्षअघि सगरमाथाको आठ हजार मिटर उचाइमा पुगेर फर्किनुभएका उहाँले चैतमा पुनः सगरमाथा आरोहण गर्ने तयारी थाल्नुभएकोे हो ।

आइतबार बागलुङमा पत्रकार सम्मेलन गर्दै केसीले सगरमाथाको चुचुरो चुम्ने आफ्नो लक्ष्य कायम रहेको जानकारी दिनुभयो । जैमिनी नगरपालिका–४ सर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भए पनि आर्थिक अभाव परेकाले सहयोगी मनलाई सहयोग गरिदिन आग्रहसमेत गर्नुभएको छ । “अघिल्लो पटक हावाहुरीका कारण बीचमा एक दिन रोकिन नपरेको भए म चुचुरोमा पुग्थेँ, अक्सिजन लिएर ४८ घण्टा बस्नुपर्ने, थप अक्सिजन लिने पैसा थिएन”, उहाँले भन्नुभयो, “यस पटक ५० हजार डलर खर्च हुन्छ, सहयोग गरिदिन म सबैसँग आग्रह गर्दछु ।” उहाँले नेपालमा सगरमाथा आरोहण गर्ने पहिलो दृष्टिविहीन व्यक्ति बन्न आफू आतुर रहेको बताउनुभयो ।

केसीले लायन्स क्लब इन्टरनेशनल १०० वर्ष पुगेको अवसरमा आफूले सन् २०१७ मा क्लबको झण्डा बोकेर सगरमाथा आरोहणमा गएको तर चौथो आधार शिविरमा पुगेर अक्सिजन समाप्त भएर फर्किएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “मैले त्यतिबेला पनि सगरमाथाको सपना त्यहीँ छोडेर शरीर लिएर फर्केको छु भनेको थिएँ । मैले त्यतिबेला पनि पुनः आउने भनेको थिए । अहिले सगरमाथा चढ्ने तयारी सुरु गर्दैछु ।”

सन् २०२१ मा उद्योग वाणिज्य सङ्घको झण्डा बोकेर आठ हजार मिटरमाथि पुगेका केसीले अक्सिजन र पैसा सकिँदा फर्किनुपरेको गुनासो गर्नुभयो । मानसिकरुपमा तयारी अवस्थामा भए पनि आर्थिक अभावको कारणले यो अभियान सङ्कटमा परेको उहाँले सुनाउनुभयो । उहाँले यो अभियान सफल पार्नको लागि आर्थिक सहयोग गर्न आग्रह सबैमा आग्रह गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।