मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गरिने

मोरङ, १६ फागुन (रासस) ःप्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति परिपूर्ति हुने जानकारी दिनुभएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेशका स्वास्थ्य सस्थामा ५० प्रतिशत दरबन्दी खाली रहेकोले पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

उहाँले सो अवसरमा स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न १०० दिने कार्यक्रम सार्वजनिक समेत गर्नुभयो । सार्वजनिक गर्नुभएको प्राथमिकतामा प्रादेशिक स्वास्थ्य नीतिको खाका तयार गर्ने, पशुबाट मानिसमा सर्ने रोगको नियन्त्रणका लागि रणनीति तयार गर्ने, स्वास्थ्य बीमा बोर्डको प्रदेश कार्यविधि तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पेश गर्ने, मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गर्न आवश्यक तयारी स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पेश गर्ने छन् ।

यसैगरी प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्ने, प्रदेश जनस्वास्थ्य प्र्रयोगशालाको सेवा आफ्नै भवनबाट सुरु गर्ने, स्थानीय स्वास्थ्य संस्थाको सुदृढीकरणको कार्यक्रम कार्यान्वयन गर्ने, मेची अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी, इनरुवा, अस्पताल र गाईघाट अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा तथा प्रषण प्रणाली सुदृढ गर्न एम्बुलेन्स हस्तान्तरण गर्ने छन् ।

यसैगरी प्रदेशभरिका स्वास्थ्यकर्मीका रिक्त पदको विवरण सङ्कलन गरी लोकसेवामा पठाउने, कोभिड–१९ उपचार केन्द्रको दीर्घकालीन कार्ययोजना तयार गर्ने, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको लागि जग्गाको व्यवस्था गर्नेलगायतका छन् ।

उहाँले अस्पतालमा उपचारार्थ आउने बिरामीलाई ठगी हुने कार्यलाई रोकथामका लागि मन्त्रालयमा एक समिति गठन गरी विशेष अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।