दिप्रुङमा नागरिक आरोग्य सेवा केन्द्र विस्तार

खोटाङ, १६ फागुन । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-५ सछितापोखरीमा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना गरिएको छ । सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीकाबारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले सछितापोखरीको पञ्चमीबजारमा नागरिक आरोेग्य सेवा केन्द्र विस्तार गरेको हो ।

पञ्चमीबजारमा स्थापना गरिएको नागरिक आरोेग्य सेवा केन्द्र आइतबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले उद्घाटन गरेका हुन् ।

कार्यालयमा एक जना वैद्य र एक जना कार्यालय सहयोगी नियुक्त गरेर गाउँपालिकाले उपलव्ध गराएको स्थानबाट नागरिक आरोग्य सेवा केन्द्रको सेवा सुरु गरिएको हो । नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ्य जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपायी आमालाई दुध वर्द्धक औषधि वितरण, ज्येष्ठ नागरिकको स्वास्थ्य वर्द्धन गर्ने औषधि वितरण लगायतका सेवा उपलव्ध गराइने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख अजयकुमार झाले बताए । ‘विशेषतः नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा उपलव्ध हुन्छ,’ झाले भने, ‘त्यससँगै स्वस्थ रहने बारेमा जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम पनि सञ्चालन गरिन्छ ।’

नागरिक आरोग्य सेवा केन्द्र उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राई लगायतको उपस्थिति रहेको थियो । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश नम्बर १ स्वास्थ्य निर्देशनालय अन्तरगत आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका विभिन्न स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिसकेको छ । गत २८ बैसाखमा ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, २४ वैसाखमा केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजार, २७ जेठमा साकेला गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।