जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण

संखुवासभा, फाल्गुन १६ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण गर्नु भएको छ ।

आज बिहान निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक बि.सी.ले आगामी दिनमा हुन गईरहेको स्थानीय निर्वाचन त्रुटि रहित सम्पन्न गराउनका लागी तयारी हुन र जिल्लाको शान्ति सुरक्षामा विशेष ध्यान दिनुका साथै प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्न र कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको छ ।

एमसीसी अनुमोदन गरेको भन्दै माओवादी केन्द्र महोत्तरीमा विद्रोहदेखि पार्टी छाड्नेसम्मको चेतावनी
विशाल बस्नेत/महोत्तरी, १६ फागुन । नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनले एमसीसी प्रस्ताव पास गराएपछि माओवादी केन्द्र महोत्तरीमा तीव्र असन्तुष्टि देखिएको छ । एमसीसी पास गर्ने बहानामा ‘व्याख्यात्मक बिश्लेषण’लाई अगाडि सारी अनुमोदन गर्नु राष्ट्र हितविपरित भएको भन्दै माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्नेदेखि विद्रोहसम्मको तयारी गरेका छन् ।

माओवादी केन्द्र मधेश प्रदेश कमिटी सदस्य राजन ढुंगानाले फेसवुकमा माओवादी नेतृत्व अमेरिकी सम्राज्यवादतर्फ घुडा टेकेको आरोप लगाएका छन् ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको एजेण्डा बोकेर १० बर्षसम्म जनयुद्ध लडेको पार्टी नै एमसीसीको पक्षमा घुडा टेक्नु स्वीकार्य नहुने र बिद्रोह गर्ने चेतावनी दिएका छन् ।यसैगरी, जिल्लाका कतिपय नेताकार्यकर्ताले माओवादी केन्द्रको औचित्य सकिएको भन्दै पार्टी नै त्याग्ने घोषणा समेत गरे ।

बर्दिबासस्थित स्थानीय नेता सौरभ खड्का र निरज अधिकारीले पनि पार्टी नेतृत्वले गठबन्धनको सुरक्षा गर्ने बहानामा नेताकार्याकर्ताको भावनामा ठेस पुर्याएको बताए ।बर्दिबासमा त एमसीसीका विरुद्ध चरणबद्ध आन्दोलन समेत भएको थियो । गठबन्धनले व्याख्यात्मक विश्लेषणको नाममा एमसीसी अनुमोदन गर्ने दिशातर्फ उन्मुख भएपछि हिजोदेखि नै नगर सुनसान बनेको छ ।

पार्टी नेतृत्वको यो निर्णयले जिल्लामा पार्टीभित्रको सुदृढिकरण क्षीण भएको कतिपयको भनाइ छ । यसअघि प्रचण्डले एमसीसी कुनै पनि हालतमा पास गर्न नसकिने अडान लिँदै आएका थिए ।

पाँच दिन अगाडि एमसीसीको पक्षमा पार्टी उभिए पार्टी नै परित्याग गर्ने सार्वजनिक गरेका स्थानीय नेता निरज अधिकारीले फेसबुकमार्फत अबदेखि माओवादी केन्द्रमा नरहेको सार्वजनिक गरेका छन् ।

सामाजिक संजालमा माओवादीको कदमलाइ लिएर निकै टिप्पणी भएका छन् । विशेषगरी बिपक्षी दलका नेता तथा कार्यकर्ताले आन्दोलनको बिषलाइ लिएर खिल्ली उडाएका छन् ।नेपाली काङ्ग्रेसका कार्यकर्ता तथा व्यवसायी भवनाथ खतिवडा आफ्नो फेसबुकमा लेख्छन्, ‘पार्टी छोड्छु भनेर गर्जिनेहरु के गर्लान । मैले भनेको थिए एमसीसी पास गर्न देउवाले केही गर्नु पर्दैन बालकोट जान्छु भने मात्र पुग्छ ।’

जिल्लास्थित कतिपय जिम्मेवार नेताहरू आज आह्वान गरेको नेपाल बन्दको समर्थनमा उत्रिएका छन् । माओवादी केन्द्र महोत्तरीका संयोजक तुलसी ढुङ्गनाले पाटीको औचित्य सकिएको बताएका छन् । तर, उनले पार्टी छाड्ने बिषयमा भने केही बताएनन् ।

यता मधेश प्रदेश कमिटीका सदस्य राजन ढुङ्गनाले भने अब पार्टीमा बस्न नसकिने प्रष्ट पारेका छन् । माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले पनि एमसीसी अनुमोदनको बिषयलाई लिएर आपत्ती जनाएका छन् । २० फागुनमा हुने केन्द्रीय समितिको बैठकपछि निर्णयमा पुग्ने उनको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।