‘भाका बस्ने चलन’ स्थानीय पाठ्यक्रममा

खोटाङ, १६ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालकाले लोप हुने अवस्थामा पुगेकाे ‘भाका बस्ने चलन’लाई स्थानीय पाठ्यपुस्तकमा समावेश गरेको छ । करिब चार दशक अघिसम्म चलनचल्तीमा रहेको ‘भाका बस्ने चलन’लाई नगरपालिकाले तयार पारेको कक्षा ४ को स्थानीय विषयको पाठ्यपुस्तकमा समावेश गरिएको हो ।

भाका बस्ने चलनअनुसार युवायुवतीहरू एक ठाउँमा भेला भएर गीत गाउने र नाच्ने गर्छन । शर्तसहित गाउने र नाच्ने क्रममा हार्नेले जित्नेलाई विवाह गरेर घर लैजाने गर्छन । हार्ने केटी दुलही बनेर केटाको घर जानुपथ्र्यो भने हार्ने केटा घरज्वाइँ बनेर बस्नुपर्थ्याे । भाका बस्ने क्रममा दुवैतर्फका माईतीचेली अनिवार्य भेला हुन्थे । चिठ्ठीका माध्यमबाट खबर आदानप्रदान गर्दै युवायुवती विभिन्न गाउँबाट भाका बस्न भेला हुन्थे । भाका बस्न जाने छोराछोरीलाई आमाले खिर, सेलरोटी, रक्सी जस्ता परिकार बनाएर पठाउँथे । हुनेखानेहरू घोडामा चढेर भाका बस्न पुग्थे । कैयौंका घरबार जोडिन्थे । हाल यो परम्परा इतिहास बनिसकेको छ । तर, नगरपालिकाले स्थानीय विषयको पाठ्यक्रममा ‘भाका बस्ने’ मौलिक परम्परालाई विषयवस्तु बनाएर नयाँ पुस्तालाई जानकारी दिने याेजना बनाएकाे छ ।

नगरपालिकाले पाँच वर्षे कार्यकाल सकिन लाग्दा १४ फागुनमा स्थानीय विषयको कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक लोकार्पण गरेको हो । प्रकाशित पुस्तक नगरभित्रका १५ वडाका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु गर्नेगरी वितरण गरेकाे नगरपालिकाका शिक्षा शाखाले जनाएको छ ।

पाठ्यपुस्तकमा हाम्रो वरपर, हाम्रा चालचलन र परम्परा, हाम्रा रमणीय स्थल, हाम्रा आम्दानीका श्रोत, स्वास्थ्य, नैतिकता र व्यक्तित्व विकास, खेलकुद तथा मनोरञ्जन लगायतका एकाइ समावेश छन् । यस्तै, ढिकी जाँतोदेखि किराँत खानाका परिकार, खाँडीका कपडा, हाकुपटासी, निगुरो, सिस्नुका फाइदा, खोसेलाको उपयोग, आलु खेती, सिकर्मीडकर्मी पेसा, च्याउ खेती, रेडपाण्डा, कौसी खेती, बाँसका फाइदा, ट्राउट माछा पालन, स्ट्रबेरी खेती, अलैँची खेती, गुराँसको महत्व, आर्ग्यानिक खेती लगायतका पाठ्यवस्तु समेटिएका छन् ।

पाठ्यपुस्तकमा चार भाषामा संवाद
नगरको स्थानीय विषयको पाठ्यपुस्तकमा सम्पाङ, चाम्लिङ, तामाङ, शेर्पा र दुमी भाषाको संवाद समावेश गरिएको छ । स्थानीय विषयको पाठ्यपुस्तक कक्षा ३ मा साम्पाङ भाषा, कक्षा ४ मा चाम्लिङ भाषा र तामाङ भाषा तथा कक्षा ५ मा शेर्पा र दुमी भाषा संवाद समावेश गरिएको छ । सम्बन्धित भाषी विद्यार्थीको बाहुल्यता भएको बाहेकका विद्यालयमा अन्य भाषाको संवादको पठन–पाठन सहज नहुने शिक्षकहरूको टिप्पणी छ ।

यस्तै, पाठ्यपुस्तकमा नगरभित्रका धार्मिकस्थल, देवी देवता थानलाई पनि महत्व दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।