बजेट र निर्माण सामग्रीको अभावमा निर्माणाधीन नौवटा झोलुङ्गे पुल अलपत्र

उदयपुर, १६ फागुन । उदयपुर र खोटाङको विभिन्न खोलाहरूमा निर्माणाधिन झोलुङ्गे पुल बजेट र आवश्यक निर्माण सामग्रीहरुको अभावमा अलपत्र परेको छ । उदयपुर र खोटाङका विभिन्न खोलाहरूमा निर्माणाधीन नौवटा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र परेको हो । पूर्वाधार विकास कार्यालय उदयपुरका अनुसार संघीय सरकारले लागत इष्टमेटअनुसार रकम र पुल निर्माणका लागि फलामे लठ्ठाहरू समेत उपलब्ध नगराउँदा उदयपुर र खोटाङमा गरी हाल निर्माणाधीन अवस्थामा रहेका नौ वटा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र परेका हुन् ।

सो कार्यालयले ग्रामीण सडक निर्माणमा तीव्रता दिएको भए पनि निर्माणाधीन खोटाङ र उदयपुरका विकट पहाडी गाउँ वस्तीहरूलाई जोड्ने उद्देश्यले निर्माण गरिएकाे झोलुङ्गे पुल आवश्यक निर्माण सामाग्री र बजेट अभावमा अलपत्र परेको हो । विभिन्न नौवटा लामो तथा छोटो झोलुङ्गे पुलहरू समेत निर्माण गर्दै आएको पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख जितेन्द्रकुमार कर्णले बताउँछन् ।

आर्थिक वर्ष २०७६/०७७ बाट क्रमागत रूपमा निर्माणको काम सुरु गरिएको बहुवर्षीय योजना अन्तर्गत उदयपुरका ६ र खोटाङका तीनवटा गरी जम्मा नौ वटा झोगुङ्गे पुलको फाउण्डेसन जगहरू निर्माण गरिएको भए पनि बाँकी कामहरू अगाडि बढ्न नसकी बीचैमा नै अलपत्र परेको प्रमुख कर्ण बताउँछन् ।

१२० मिटर लामो उदयपुरको त्रियुगा नगरपालिका-१२ को बरुवा खोला झोलुङ्गे पुल, कटारी नगरपालिका-८ को सुनकोसी नदीमा निर्माणाधीन चिपटार झोलुङ्गे पुल, चौदण्डिगढी नगरपालिका-१० स्थित विनगर खैराहाझोडा जोड्ने ४०० मिटर लामो त्रियुगा नदीको झोलुङ्गे पुल,उदयपुगढी गाउँपालिका-७ स्थित अँधेरी खोला झोलुङ्गे पुलको निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।

यसैगरी रौतामाई गाउँपालिका-७ स्थित पुवारे धाप झोलुङ्गे पुल, त्रियुगा नगरपालिका-१२ स्थित त्रियुगा नदीको बिसनपुर झोलुङ्गे पुल, बेलका नगरपालिका-४ स्थित विज्ञानचोक रातापानी जोड्ने गिदेरी खोला झोलुङ्गे पुल निर्माणको कामले गति लिन सकेको छैन ।

त्यस्तै खोटाङकाे केपिलासगढी ऐंसेलुखर्क जोड्ने रावाखोला झोलुङ्गे पुल, बाराहापोखरी गाउँपालिकास्थित लवुवा खोला झोलुङ्गे पुल र हलेसी तुवाचुङस्थित थिगुवा बाडेटार जोड्ने झोलुङ्गे पुल निर्माणको काम अलपत्र हुदै आएको कार्यालयका साइड ईन्जिनियर रमेसकुमार कार्कीले बताउँछन् ।

उदयपुर र खोटाङ दुई जिल्लामा सञ्चालन गरिने भौतिक पूर्वाधारहरूको विकास निर्माणमा प्राविधिक सेवा प्रवाह गर्ने उद्देश्यले गाईघाटमा स्थापित यस कार्यालयले खोटाङ अन्तर्गतका विभिन्न झोलुङ्गे पुल तथा सोसँग सम्बन्धित् सडकहरू निर्माण गर्दै आएको छ । तर, संघीय र प्रदेश १ को सरकारले लागत इष्टमेटअनुसारको बजेट र निर्माण सामाग्रीहरु उपलब्ध नगराउँदा अघिल्लो वर्ष नै सम्पन्न भइ सक्नु पर्ने यी योजनाहरू बजेट र निर्माण सामाग्रीको अभावमा अहिलेसम्म पनि निर्माण कार्य सुचारु हुन सकेको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।