एससीसीको विरोधमा गरिएको बन्दले उदयपुर ठप्प

उदयपुर, १६ फागुन । प्रतिनिधि सभाबाट अमेरिकन सहयोग नियोग मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरेको विरोध गरिएको नेपाल बन्दले उदयपुर ठप्प भएको छ । एमसीसी तत्काल खारेज गर्नुपर्ने माग राख्दै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित आठ राजनीतिक दल र संगठनले आज नेपाल बन्दको घोषणा गरेका छन् ।

नेपाली जनताको इच्छा विपरीत एमसीसी सरकारले पास गरेकोभन्दै आक्रोशित बन्दकर्ताले लामो तथा छोटो दूरीको सवारी ठप्प गरेका छन् । बन्दकर्ताले सरकारी, निजी विद्यालय तथा क्याम्पस र उद्योग कलकारखानामा पुगी बन्दको उर्दी जारी गरेपछि सबै क्षेत्र ठप्प रहेको थियो ।

गाईघाट, कटारी, बेल्टार, रामपुर, मुर्कुचीलगायत आसपासका बजार र ग्रामीण क्षेत्रका पसलसमेत बिहानैदेखि ठप्प छन् । बन्दकर्ता बिहानैदेखि झण्डा र हातमा लाठी लिएर बजार बन्द गराउँदै हिँडेका थिए ।

सामान्य दुई पाङ्ग्रे सवारी र अत्यावश्यक सवारी बाहेक अन्य सबै सवारी साधन बिहानैदेखि चल्न सकेका छैनन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकाले फिर्ता लिनु पर्ने नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।