जनताको सुरक्षा गर्न प्रहरीलाई प्रदेश सरकारले सहारा दिन्छ : कानुन मन्त्री कार्की

संखुवासभा १६, फागुन । नागरिकको सहयोगबाट मात्र प्रहरी परिणाममुखी बन्न सक्ने प्रदेश नम्बर-१ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए ।

संखुवासभाको धर्मदेवी नगरपालिका-७ स्थित आँखिभूइमा नवनिर्मित इलाका प्रहरी कार्यालय भवन उद्घाटन कार्यक्रममा कानुन मन्त्री कार्कीले प्रहरीलाई सुख दु:खमा सधैँ साथ दिने बताए । जनताको सुरक्षा गर्न प्रहरीलाई प्रदेश सरकारले सहयोग गरिरहेको उनको भनाइ छ ।

संघीय सरकारले अधिकार नदिए पनि प्रदेश सरकारले प्रहरीका लागि छाना र नाना दिइरहेको मन्त्री कार्कीले बताए । नयाँ भौतिक संरचना तयार भएसँगै अब शान्ति सुरक्षा दिलाउन प्रहरीलाई सहज हुने र यसमा नागरिकको सहयोग पनि उत्तिकै महत्त्वपूर्ण हुने कानुन मन्त्री कार्कीले बताए ।

शान्ति प्रहरी कहाँ खोज्ने हैन प्रहरीलाई समेत शान्ति दिन वातावरण मिलाउन स्थानीय सँग मन्त्री कार्कीले अनुरोध गरे । बाढी, पहिरो, आगलागी जस्ता विपतमा खटिने प्रहरी नै पानी चुहिने भवनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले अव सुविधा सम्पन्न भवन बनाइदिनेसमेत उनले बताए ।

अपराध नियन्त्रण गर्न प्रहरीको सक्रियताले मात्र नपुग्ने र आम नागरिक पनि सक्रिय हुनुपर्ने कार्कीले बताए ।

इलाका प्रहरी कार्यालय भवन प्रदेश सरकारको दुई करोड ९४ लाख ९४ हजार ६९९ रुपैयाँको लागतमा निर्माण भएको हो । भवनको निर्माणको जिम्मा मार्गदेवी एस एस विनायक जेबी निर्माण कम्पनीले पाएको थियो ।

गत २०७६ माघमा सम्झौता भएको इलाका प्रहरी कार्यालय भवन समयावधि भन्दा तीन महिना अघिनै सम्पन्न गरेर हस्तान्तरण गरिएको एस एस विनायक जेबी निर्माण कम्पनीका निर्देशक लाखबहादुर पौडेलले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।