हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका-२ रुकुमाबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेको तीन दिनपछि एक सुत्केरीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।

भोटखोला गाउँपालिका-२ रुकुमाकी ३४ वर्षीया भुद रिन्जिन भोटेलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको भोटखोला गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिए ।

सुत्केरीलाई व्यथा लागेको तीन दिनपछि हेलिकोप्टरबाट उद्धार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भोटेले बताए । ३४ वर्षीया भोटे तीन दिन अघि सुत्केरी व्यथा लागेर रुकुमा सामुदायिक स्वास्थ्य इकाई भर्ना भएकी थिइन् ।

सामुदायिक स्वास्थ्य इकाईमा समेत उपचार हुन नसकेपछि चेपुवा स्वास्थ्य चौकी च्याम्ताङमा पठाइएको थियो । सुत्केरी भोटेको चेपुवा स्वास्थ्य चौकी च्याम्ताङमा समेत उपचार हुन नसकेपछि थप उपचारका लागि सोमबार हेलिकोप्टरमार्फत काठमाडौंको थापाथली प्रसूति गृहमा लगिएको निमित्त प्रमुख भोटेले बताए ।

दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई नि:शुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत भोटखोला गाउँपालिकाबाट एक महिनाभित्र तीन जना सुत्केरी महिलाको उद्धार गरिसकिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।