तुवाचुङ नगरपालिकामा विद्यालय कर्मचारीको तलब साढे २० हजार

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, सामुदायीक विद्यालयका कार्यालय सहयोगी र विद्यालय कर्मचारीको तलव बढाएको छ । चालु चौमासिकदेखि कार्यान्वयनमा आउनेगरी नगरपालिकाले प्रारम्भिक बाल विकास केन्द्रका ५४ जना सहयोगी कार्यकर्ता, सामुदायीक विद्यालयमा कार्यरत ८९ कार्यालय सहयोगी र १२ जना विद्यालय कर्मचारीको तलव बढाएको हो ।

प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताको मासिक तलव १५ हजार, सामुदायीक विद्यालयमा कार्यरत कार्यालय सहयोगीको मासिक तलव १५ हजार र विद्यालय कर्मचारीको तलव २० हजार ५०० पुर्‍याइएको नगरपालिकाले जनाएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा प्रारम्भिक वालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई न्यूनतम मासिक १५ हजार उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याए अनुसार तलव बढाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । नगरपालिकाले बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताको प्रोत्साहनका लागि मासिक एक हजार खाजा भत्ता दिँदैआएको थियो । तलव बढ्दा सहयोगी कार्यकर्ता, कार्यालय सहयोगी र विद्यालय कर्मचारी उत्साहित छन् ।

बजेट भाषण कार्यान्वयनका लागि अर्थमन्त्रालयले २० जेठ २०७८ मा स्थानीय तहलाई परिपत्र गरेको थियो । तर, कतिपय स्थानीय तहमा नेपाल सरकारको बजेट भाषण र अर्थमन्त्रालयको परिपत्र अनुसार सामुदायीक विद्यालयमा कार्यरत लेखापाल, परिचर तथा बालबिकास सहयोगी कार्यकर्ताको तलव वृद्धि कार्यान्वयनमा दुविधा देखिएको छ । कुनै स्थानीय तहले प्रारम्भिक वालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीको तलव वृद्धि गर्दा र कतिपयले नगर्दा एउटै कामको सेवासुविधामा असमानता सिर्जना भएको देखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।