साहित्यकार एवं पत्रकार पाल्पालीको निधन

भक्तपुर, १८ फागुन । साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । विसं २०३२ मा पाल्पामा जन्मनुभएका उहाँको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो ।

केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आउनुभएका पाल्पालीलाई पछिल्लो समय कोरोना सङ्क्रमणसमेत भएको थियो । केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पाल्पालीकी श्रीमती एवं साहित्यकार पत्रकार रेणुका भट्टराईले जानकारी दिनुभयो । उहाँको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पाल्पाली पत्रकारितामा पनि सक्रिय हुनुुहुन्थ्यो । उहाँ कानुन व्यवसायीसमेत हुनुहुन्थ्यो । पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहनुभएका पाल्पालीका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।