झापामा अधिकांश क्रसर अवैध !

झापा, १८ फागुन । झापाका विभिन्न नदी किनारा, सडक छेउ र जंगलमा क्रसर छन् । मापदण्डअनुसार कुनै पनि क्रसर छैनन् । सरकारले बनाएको मापदण्डअनुसार राजमार्गको ‘राइट अफ वे’, खोला वा नदी किनार, पक्की पुल र ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट पाँच/पाँच सय मिटर टाढा क्रसर राख्नुपर्छ । तर, झापाका अधिकांश क्रसर खोलाको बगरमा छन् । उनीहरूले स्टक प्रमाणित पनि नगरी जथाभावी नदी उत्खनन् गर्दै आएका छन् ।

बिर्तामोडस्थित बुट्टाबारीमा त कंचनजंगा क्रसर उद्योग पूर्वपश्चिम राजमार्गसँगै जोडिएको छ । घरेलु तथा साना उद्योग कार्यालय झापाका अनुसार झापामा १३ वटा दर्तामा छन् । तीमध्ये तीनवटा प्रालिअन्तर्गत चलिरहेका छन् । बाँकी ९ वटा ०७२ पछि नवीकरण भएका छैनन् ।

यी नवीकरण नभएपछि यी सबै अवैध भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख जयनारायण अधिकारीले बताए । ‘तीनवटा प्रालिमा गएका छन् । दर्ता भएकामध्ये नाै वटा त अवैध नै छन् । यिनीहरूले २०७२ यता नवीकरण गरेका छैनन् । संघीयतापछि प्राविधिक कुराले असर परेको होला,’ उनले भने, ‘नवीकरण हुन नसक्दा करोडौँ राजश्व गुमिरहेको छ ।’

दर्ता भएका १३ मध्ये ९ नवीकरणमा छैनन् । तर, झापामा विना अनुमति र कसैलाई जानकारी नदिई दुई दर्जन बढी क्रसर सञ्चालनमा छन् । बिरिङ नदीको किनारामा मात्र एक दर्जन बढी क्रसर छन् । यस्तै, दमकको मावा नदीमा पनि ‘शिरदेखि तीर’सम्म क्रसर छन् । यो नदीमा पनि एक दर्जन बढी क्रसर संचालन छन् । यी क्रसर कतै पनि जानकारी नदिई संचालन हुँदै आएका छन् । कतिपय क्रसरलाई जनप्रतिनिधिले नै संरक्षण गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय झापाबाट बालुवा प्रशोधन केन्द्रको स्वीकृति लिएर अधिकांशले क्रसरको नै काम गर्दै आएका छन् । यी सबै कानुनतः अवैध हुन् ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले क्रसर उद्योगहरूलाई मापदण्डमा ल्याउन एक वर्षको समय दिइएको बताए । उक्त समय सकिएको गत भदौमै एक वर्ष भयो । तर, कुनै पनि क्रसर मापदण्डमा आएको जानकारी नपाएको उनले बताए । मापदण्डमा नभएका क्रसर उद्योगलाई स्थानन्तरणकाको जिम्मेवारी पालिकाको भएको उनले बताए ।

तर, हालसम्म कसैले पनि स्थानान्तरण नगरेको बताए । जिल्ला समन्वय समितिले गत वर्ष क्रसरहरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा कुनै पनि क्रसर मापदण्डमा नरहेको प्रतिवेदन समन्वयले तयार पारेको थियो ।

झापामा क्रसर मात्र हैन चुरे नदी पनि अवैध दोहन भइरहेको छ । नदी उत्खनन्को ठेक्का लिएका ठेकेदारले जथाभावी चुरे नदीको दोहन गरिरहेका छन् । कतिपय ठाउँमा ठेक्का लगाएको भन्दा फरक ठाउँमा पनि नदी दोहन भइरहेको छ । पछिल्लो समय नदी दोहनविरुद्ध स्थानीय जनता नै जागरुक हुँदै आएका छन् । स्थानीय तहले नदी उत्खनन्को ठेक्का लगाएर अनुगमन नगर्दा जथाभावी दोहन भइरहेको समन्वय प्रमुख पोर्तेलले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।