अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप २६ चैतबाट

प्रकाश तिम्सिना/सुनसरी, १८ फागुन । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप प्रतियोगिताको २३औँ संस्करण आगामी २६ चैतबाट हुने भएको छ । धरान फुटबल क्लबले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २६ चैतदेखि ३ वैशाखसम्म आयोजना गर्ने जानकारी दिएको हो । धरान-१६ स्थित रङ्गशालामा हुने प्रतियोगितामा भारतको दुई क्लबसहित आठ टिम सहभागी हुने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।

प्रतियोगितामा सम्भावित सहभागी टिमहरूमा हालै सम्पन्न भएको सहिद स्मारक लिगको उत्कृष्ट तीनवटा टिम रहेको पनि आयोजकले जनाएको छ । यस्तै, भारतका दुईवटा क्लब र मोफसलको अन्य दुई उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने आयोजकको भनाइ छ ।

प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद १० लाख र उपविजेताले नगद पाँच लाख पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख ५० हजार पाउने छन् ।

त्यस्तै आयोजकले प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगद पुरस्कार दिने व्यवस्था गरेको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २० हजार पाउनेछन् भने उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पुरस्कार पाउनेछन् ।

सहभागी टिमहरूको निर्क्याेल भएपछि पुनः पत्रकार सम्मेलन गरेर जानकारी दिने पनि अध्यक्ष राईले बताए । प्रतियोगितामा ६६ लाख आम्दानी हुने अनुमान गरिएको छ भने ५१ लाख ३२ हजार खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको लागि यो वर्ष धरान उपमहानगरपालिकाले कुल १८ लाख बजेट दिने निर्णय गरेको छ ।

गत वर्ष कोरोना महामारीको कारण प्रतियोगिता गर्न नसकिएको बताउँदै अध्यक्ष राईले यो वर्ष खेलप्रेमीहरुको विशेष अनुरोधमा आयोजना गर्ने हिम्मत गरेको पनि बताए । २०५५ सालदेखि आयोजना हुँदै आएको प्रतियोगिता गत वर्ष पहिलो पटक रोकिएको थियो । अबका वर्ष भने निरन्तरता दिने आयोजकले बताएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।