पोखरा–धनगढी सीधा हवाई कनेक्सन सुरु

पोखरा, १८ फागुन । पर्यटकीय सहर पोखराबाट धनगढी सीधा उडान सुरु भएको छ । बुद्ध एयरले बुधबारदेखि उडान सुरु गरेको हो ।

नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको पहलमा सीधा उडान सुरु गरिएको हो । योसँगै पोखराबाट प्रदेश १ र कर्णालीबाहेक सबै प्रदेशमा सीधा हवाई कनेक्सन जोडिएको छ । धनगढीमा साताको हरेक आइतबार, बुधबार र शुक्रबार उडान हुने छ ।

बिहान ११ : ४० मा पोखराबाट धनगढी उड्ने जहाज धनगढीबाट १२ः५० मा फर्किनेछ । ५५ मिनेट उडानका लागि ६ हजार नौ सयदेखि १२ हजार दुई सयसम्म भाडा तोकिएको छ ।

बुधबार नाट्टाको टोली पर्यटन प्रवद्र्धन भ्रमणका लागि धनगढीतर्फ लागेको छ । शुक्रबार सुदुरपश्चिमका तीन जना मन्त्रीसहित टोली पोखरा आउने नाट्टाका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए । नाट्टाकै समन्वयमा यसअघि मधेश प्रदेशका मुख्यमन्त्री डा. लालबाबु राउतको टोली पोखरा भ्रमणमा आएको थियो ।

केही समयपछि नै भद्रपुर र विराटनगरमा पनि हवाई उडानको तयारी छ । यसअघि मधेश प्रदेशको सिमरा, बागमतीको राजधानी काठमाडौंसहित भरतपुर, लुम्बिनीको भैरहवा र नेपालगन्जमा पोखराबाट सीधा उडान हुँदै आएको छ । बुद्ध एयरले पोखरालाई केन्द्र बनाएर नजिकका सहरमा उडान भर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।