झापा गोल्डकपको तयारी पूरा

झापा, १९ फागुन । मोफसलको प्रतिष्ठित झापा गोल्डकपको पाँचौं संस्करण २१ फागुनदेखि हुने भएको छ । गोल्डकपका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक झापा गोल्डकप आयोजक समितिले जनाएको छ । प्रतियोगिता बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा हुनेछ ।

कोरोना महामारीले दुई वर्ष रोकिएर शनिबारदेखि हुने प्रतियोगिताको तयारी सकिएको आयोजकले बिहीबार पत्रकार सम्मलेन गर्दै जानकारी दिएको हो । प्रतियोगितामा भारतको दार्जिलिङको एम एफसी र सिक्किमको आरपी एफसीको सहित साविक त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टर क्लब, संकटा क्बल, झापा-११ फुटबल क्बल, एपिएफ फुटबल क्बल, जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार पाउनेछन् । उप विजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद नाै हजार ९९९ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । पाँचौं संस्करणको यो गोल्डकपमा नेपाल आइस बियरले मुख्य प्रायोजन गर्नेछ ।

प्रतियोगिताका लागि १२ हजार दर्शक अँट्ने प्याराफिट निर्माण गरेको छ । प्रतियोगिता सम्पन्न गर्ने एक करोड ४० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए ।

पाँचौं संस्करणको गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र समापन कांग्रेस नेता कृष्ण सिटौलाले गर्ने अध्यक्ष बस्नेतले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।