युक्रेनमाथिको ह,मला योजना अनुसार नैः रुसी राष्ट्रपति पुटिन

सिन्ह्वा, २० फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आ,क्रमण योजना अनुरुप नै भएको बताएका छन् । उनले भनेका छन्– युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।
रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राखेका हुन् । उनले हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्था्त सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ– उनले भनेका छन् । उनले रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको पनि बताए ।

उनले भनेका छन्– रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँ ।रुसको सीमा क्षेत्रमा पश्चिमाहरुबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक ख,तरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको उनले बताए ।रुसले गत हप्तादेखि नै युक्रेनमा हमला जारी राखेको छ । बिहीबार रातिसम्म पनि राजधानी युक्रेन र अन्य कतिपय सहरहरुमा रुसी सेनाले हमला जारी नै राखेको बताइएको छ ।

नेतृत्व विकास तालिम
बनेपा, २० फागुन ।नमोबुद्ध नगरपालिकाले महिलाका लागि नेतृत्व विकास तालिम प्रदान गरेको छ । नगरपालिकाको महिला, बालबालिका र समाज कल्याण शाखाद्वारा दुई चरणमा ६४ महिलालाई सो तालिम प्रदान गरिइएको हो । तलिममा संस्थागत सुशासन र सञ्चार सीप, दृष्टिकोण र बानी व्यवहारमा परिवर्तन, नेतृत्व अवधारणा, गुण र सीप, सामाजिक संरचना र सामाजिक बहिष्करण लगायतका विषयमा जानकारी दिइएको थियो । तालिमको मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो भने राजनीति र निर्वाचन प्रणालीका विषयमा प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, क्षमता विकास, वकालत र पैरवीको विषयमा महिला विकास शाखाका प्रमुख तारादेवी सुनुवार र प्रभावकारी सार्वजनिक भाषण तथा उद्घोषण कलाका विषयमा रेडियोकर्मी शुभराज अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

पहिलो र दोस्रो चरण गरी यही फागुन १० देखि १६ देखि १९ गतेसम्म गरी आठ दिन सञ्चालन भएको तालिममा विभिन्न राजनीति पार्टीका अगुवा महिलाको सहभागिता रहेको थियो । समूह कार्य, छलफल, प्रस्तुति, प्रश्नोत्तर, लघु प्रवचन, खेल र गाउँकी छोरी वृतचित्र प्रस्तुतिलगायत माध्यमबाट तालिम दिइएको आयोजकले जनाएको छ । यसरी लिएको तालिम सामाजिक कार्यमा अगाडि बढ्नका लागि उपयोगी हुने जनाइएको छ ।

नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले समाजमा महिला र पुरुषबीचमा विभेद अन्त्य गर्न आवश्यक रहेकामा जोड दिनुभयो । उपप्रमुख रामदेवी तामाङले सामाजिक कार्यसँगै राजनीतिक गतिविधिको विषयमा पनि चासो राख्न आवश्यक भएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले नेतृत्व गर्नु र राजनीति गर्नु फरक कुरा रहेको जनाउँदै ग्रामीण महिला नेतृत्वमा आउनुपर्नेमा जोड दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।