धनकुटाका २ जना सहित ३ जना यसकारण परे पक्राउ
मोरङ, फाल्गुन २० । मोरङको बेलबारी स्थितमा ला गु औ षध गाँ जा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउसो ११ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-४ स्थितमा पुर्व तर्फ जाँदै गरेको को.२ ह ३२१५ नम्बरको अटोमा लुकाई छिपाई लादै गरेको ला गु औ षझ गाँ जा ४ केजी फेला पारे सगै अटो चालक धनकुटा आखिसल्ला १ घर भई हाल सुनसरी धरान १६ बस्ने ३३ बर्षीय केशरमान राई र अटोमा सवार धनकुटा महाभारत ५ घर भई हाल सुनसरी धरान ११ बस्ने २८ बर्षीय मनोज राईलाई नियन्त्रणमा लिईएको हो ।
यसै गरी बेलबारी-९ का ३० बर्षीय अविनास खवासलाई गाँजा २०० ग्राम सहित घरबाटै पक्राउ गरिएको हो ।
गाँ जा सहित पक्राउ परेका तीनै जना उपर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
सुन्तला खेती गर्न जोन संचालन
पाल्पा, २० फागुन । तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको छ ।
सुन्तलाको व्यावसायिकरूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख दीपक भट्टराईले ५०० बढी हेक्टरमा व्यावसायिकरूपमा सुन्तला जातको खेती गर्ने योजना रहेको बताउनुभयो ।
जिल्ला समन्वय समितिका कावा प्रमुख मीरा मरासिनीले व्यावसायिक उत्पादन वृद्धि गरी आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । व्यावसायिकरूपमा यस क्षेत्र उपयुक्त रहेकाले सुन्तला खेतीप्रति आकर्षित हुन उहाँले आग्रह गर्नुभयो ।
रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले व्यावसायिकरूपमा उत्पादित सुन्तलालाई प्रशोधन गरी बजार पठाउन सकिने बताउनुभयो । उपाध्यक्ष लक्ष्मी खनाल, सुन्तला जात तथा फलफूल विकास केन्द्रका प्रमुख वसन्त श्रेष्ठले व्यावसायिक सुन्तला खेतीको अवसर रहेकाले मेहेनत आवश्यक रहेको बताउनुभयो ।
सुन्तला जोन सञ्चालन समन्वय समिति गठन
यहाँका चार स्थानीय तहका सुन्तला जात फलफूल खेती गर्ने किसानको अगुवाइमा सुन्तला जोन सञ्चालन समन्वय समिति गठन गरिएको छ । संयोजकमा रैनादेवी छहरा गाउँपालिका–४ का नित्यानन्द पोखरेलको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको हो ।
सदस्यहरूमा रैनादेवी छहरा–४ की जानका कोइराला, रैनादेवी–५ का विनोद कार्की, रिब्दीकोट गाउँपालिकाका कृष्णबहादुर कुँवर, लक्ष्मी थापा, दुर्गाबहादुर गोदार, तानसेनका कृष्णप्रसाद भण्डारी, शोभाखर बस्याल र बगनासकालीकी लक्ष्मी कोइराला रहेका परियोजना एकाइका खरिदार गौरव नेपालीले बताउनुभयो । (रासस)


