प्रहरी हौं भन्दै लु,टपाट गर्ने प,क्राउ

काठमाडौँ, २० फागुन । नेपाल प्रहरीले लुटपाटमा संलग्न आठजनालाई प,क्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गर्ने आठजनालाई आज पक्राउ गरेको हो । प,क्राउ पर्नेमा जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल, धादिङका ३० वर्षीय शङ्कर रेग्मी, डडेल्धुराका २८ वर्षीय हिक्मत महता, कञ्चनपुरका २७ वर्षीय सुवास रतोकी, कञ्चनपुरकै ३४ वर्षीय मिलन बोहरा, पाँचथरका ३२ वर्षीय भविन्द्र बेगा, दैलेखका २७ वर्षीय योगेन्द्रबहादुर चन्द र प्युठानका २१ वर्षीय कमल सुनार छन् ।

प,क्राउ परेका उनीहरुले पसल सञ्चालकलाई नियन्त्रणमा लिएर पसलको काउण्टरमा भएको नगद, सामसुङ मोबाइल, घडीलगायतका सामग्री लुटेर फरार भएका थिए । प,क्राउ परेकासँग प्रहरीले ११ थान मोबाइल, एक घडी, नागरिकता प्रमाणपत्र, पाँच एटिएम र दुई चेक बरामद गरेको महाशाखाले जनाएको छ ।

अस्पतालमा सेवा थपिए पनि जनशक्ति थपिएन
चितवन, २० फागुन । सरकारले चार वर्षअघि अतिविशिष्ट सेवासहितको पाँच सय शय्याको केन्द्रीय अस्पताल बनाउने घोषणा गरेको भरतपुर अस्पतालमा सेवा थपिए पनि जनशक्ति भने थप हुन सकेको छैन । त्यसयता दुईपटक आवश्यक जनशक्तिका बारेमा अध्ययन गरिए पनि कार्यान्वयन गरिएको छैन । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी सरकारले घोषणा गरे पनि जनशक्ति व्यवस्थापनमा ध्यान दिन नसकेको बताउनुहुन्छ । उहाँको भनाइमा यस अस्पताललाई आगामी पाँच वर्षभित्र एक हजार ३०० जनशक्ति आवश्यक पर्छ । हाल अस्पतालमा सरकारको १५० शय्या बराबरको जनशक्ति मात्रै छ, जबकि अस्पतालमा ६०० शय्या सञ्चालन गरिएको छ ।

सरकारले पाँच सय शय्याको सङ्घीय अस्पताल घोषणा गरिसके पनि यसका लागि आवश्यक जनशक्ति नहुँदा दिनुपर्ने सेवा दिन कठिन भएको गुनासो गर्दै उहाँले भन्नुभयो, “ओएनएम सर्भेमा सुरुमा ७०० र थप गर्दै लगेर पाँच वर्षभित्र एक हजार ३०० जनशक्ति पु¥याउनुपर्ने उल्लेख छ ।” विसं २०७५ फागुन ३ गतेको मन्त्रिपरिषद्को बैठकले अन्य अस्पतालसँगै यस अस्पताललाई पनि अतिविशिष्ट सेवासहितको केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो । हाल अस्पतालमा ७५० कर्मचारी कार्यरत रहेकामा १७५ दरबन्दी मात्र सरकारी हो । एकसय २० जना करार सम्झौतामा र बाँकी अस्पतालको विकास समितिबाट करार तथा दैनिक ज्यालादारीमा कार्यरत छन् । बयाननब्बे विशेषज्ञसहित १२० चिकित्सक छन् ।

एकसय पचास दरबन्दी त जिल्ला अस्पताल हुँदाको अवस्थाको रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल बताउनुहुन्छ । शय्या अनुसारको दरबन्दी नहँुदा सेवाप्रवाहमा असर परेकोे छ । सरकारले भौतिक पूर्वाधार र अन्य कुरामा चासो दिए पनि जनशक्ति थप गर्न नसकेको उहाँको गुनासो छ । हाल अस्पतालमा सरकारी ३०० शैया र अस्पताल विकास समितिको ३०० गरी ६०० शैया सञ्चालनमा छ । अस्पतालमा ३०० शैया हुँदाको दरबन्दीसमेत हालसम्म कार्यान्वयन हुन सकेको छैन । कर्मचारी थप्नुपर्ने विषयमा पटक पटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुरोध गरिएको मेडिकल सुपरिटेन्डेन्ट प्रा डा पौडेलको भनाइ छ ।

अस्पतालमा मेडिसिन, सर्जरी, गाइनो, जेरियाट्रिक, पेडियाट्रिक, अर्थोपेडिक्स, इएनटी, स्किन, रेडियोलोजी, प्याथोलोजी, साइकाइट्री, न्युरो सर्जरी, सिटिभिएस, डेन्टल, कार्डियोलोजी, आँखालगायत विभाग सञ्चालनमा छन् । अस्पतालमा दैनिक दुई हजारसम्म बहिरङ्गमा बिरामी आउने गरेका छन् । यहाँ १९ भन्दा बढी जिल्लाबाट बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेल बताउनुहुन्छ । विसं२०१३ मा १५ शय्याको हेल्थ सेन्टरका रुपमा स्थापना भएको यो अस्पताल ‘महेन्द्र आदर्श चिकित्सालय’ को नाममा २०२० पुस १४ गते स्थापना गरिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।